२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
लागुऔषध नियन्त्रणका लागि जनचेतना र बजेटमा जोड दिन सांसद अर्यालको माग लागुऔषध नियन्त्रणमा राज्यका निकायको ‘मिलेमतो’ र कमजोर संरचनाप्रति सांसद दुलालको चिन्ता नेपालमा लागुऔषध दुर्व्यसनीको सङ्ख्यामा वृद्धिः १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा मकवानपुरको भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपालक्षित प्रधानमन्त्रीको टिप्पणीः जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा छैनौं



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरु नरहेको टिप्पणी गर्नुभएको छ ।

सोमवार गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा स्वागतका लागि जम्मा भएका राजावादी समर्थकहरुले आफ्नो प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेका थिए ।

उहाँले असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धति विरोधी र प्रणाली विरोधी कुरामा लाग्न आफूहरुलाई फुर्सद नभएको समेत बताउनु भयो । उहाँले दरबार हत्यकाण्ड अझै सम्झिरहेको उल्लेख गर्दै विभत्सतामा आएका संस्थाका सर्मथकहरुका क्रियाकलाप यस्तै हुने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो,‘हामी एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नुपर्ने दयनीय हालतमा छैनौं । हामी आफैंसँग विचार छ, आफैंसँग नेता छन् । हामी यसको दृष्टान्त दिनसक्छौं । हामी आफैंले गरेका छौं । त्यसमा केही भयो भने केपी ओलीले मान्छे घुसायो भन्नुहुन्छ, त्यो जुलुस नै मैले गराइदेको हो, भयो ।

हामी आफ्नै कुरामा छौं । यस्ता फाल्तु, असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धती विरोधी, प्रणाली विरोधी कुरामा हामी लाग्नु हुँदैन । दरबार हत्याकाण्ड हामीले सम्झेका छौं । यो विभत्सतामा आएका संस्थाहरुका सर्मथकका क्रियाकलापहरु यस्तै हुन्छन् । यसमा धेरै नजाउँ, छोडिदिउँ ।’

आफूहरु देश बनाउने आफ्नै अभियानमा रहेको उहाँको भनाइ छ ।