२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतलाई २५२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ को फाइनल खेल भारत र न्युजिल्याण्डबीच जारी छ ।

दुबईको अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा न्युजिल्याण्डले भारतलाई २५२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २५१ रन जोड्यो ।

उसका लागि डेरिल मिचेलले ६३, माइकल ब्रेसवेलले अविजित ५३, रचिन रविन्द्रले ३७, ग्लेन फिलिप्सले ३४, विल योङले १५ तथा टम लाथमले १४ रन जोडे ।

बलिङतर्फ भारतका कुलदीप यादव र वरुण चक्रवर्तीले दुई–दुई तथा रविन्द्र जडेजा र मोहम्मद शामीले एक–एक विकेट लिए ।




भर्खरै