११ श्रावण २०८३, सोमबार
,
Latest
क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला सशक्तिकरण सोच, व्यवहार र प्रश्तुतिमा देखिनुपर्छः परराष्ट्रमन्त्री



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिला सशक्तिकरण सोच, व्यवहार र प्रस्तुतिमा देखिनुपर्ने बताउनुभएको छ ।

शनिवार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिवारमा महिलाको आवाज महत्वपूर्ण छ कि छैन भनेर खोजी गर्ने समय आएको बताउनु भयो । उहाँले महिलाले आफ्नो अधिकार आत्मविश्वासका साथ सदुपयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘परिवारमा पनि महिलाको अवाज कति महत्वपूर्ण छ कि छैन ? पूजाआजालगायत सामाजिक कार्यमा महिलाले भनेको कुरा सुनिन्छ । तर अरु आर्थिक कुराहरु, घरका बारेमा, कुनै बच्चाको पढाईका बारेमा महिलाको अवाज सुनिन्छ कि सुनिदैन ? त्यो भित्र पनि महिलाले आफूलाई खोज्ने र आफूलाई राख्ने प्रयास गर्नुपर्छ ।

समाजमा, हाम्रो कम्युनिटीमा र देशमा यो सशक्तिकरण भन्ने कुरा हामीलाई हातमा दिनेबित्तिकै प्राप्त गर्ने र टोपी लगाएको जस्तो दौडिने कुरा होइन । यो भित्रैदेखि आफ्नो व्यवहार, आफ्नो सोच र आफ्नो प्रस्तुतिमा आउने कुरा हो र आत्मविश्वासको कुरा हो ।’

परराष्ट्रमन्त्री डा. राणाले समानताको हिसावले महिलाले प्राप्त गरेको अधिकार आफूले उपभोग गरेको अनुभुति हुनु पर्ने बताउनुभयो । महिलाहरुले आफूप्रति सम्मान र आत्मविश्वाससहित अघि बढ्नु पर्नेमा जोड निुभयो ।