८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली

ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली
अ+ अ-

काठमाडौँ। पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीले उर्जा क्षेत्रको विकासका लागि विद्युत ऐनलगायत कानूनलाई समयानुकुल बनाउन जरुरी रहेको बताउनुभएको छ ।

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २२ औँ स्थापना दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उर्जासम्बन्धी ऐन तथा कानूनहरुमाथि छलफल गराउन सबै राजनीतिक दल र सांसदहरुमाथि आवश्यक दबाब सिर्जना गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले उर्जा क्षेत्रको विकासका लागि छुट्टै छाता ऐन आवश्यक रहेको पनि बताउनु भयो । नेपाल विद्युत प्राधिकरणको ‘नेट बिलिङ’ प्रणालीले सौर्य ऊर्जा उत्पादक उपभोक्तामाथि अन्याय भएको पनि बताउनु भयो । उहाँले ‘नेट मिटरिङ’ लागू नगर्दा उपभोक्ताले लगानीअनुसार प्रतिफल नपाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘ सामुदायिक विद्युत महासंघले परिकल्पना गरेको ऐनमाथि छलफल गराउनुपर्ने चुनौती छ । आफ्नो क्षेत्रका सांसदहरुको घाँटी समात्नुप¥यो । कानून मन्त्रालयको भरमा मात्र राम्रो ऐन आउँदैन । त्यसकारण हामीलाई एउटा छाता उर्जा ऐन चाहिएको छ । म आफ्नै पाटनको घरमा ६ किलोवाटको सोलारको उत्पादक हुँ  ।  ‘टु वे मिटरिंग‘ हालेर मलाई विद्युत प्राधिकरणले ठगेको छ । किनभने नेट मिटरिंग छैन नेट बिलिङ छ । हामी सोलारमा इन्भेष्ट उपभोक्ताहरुलाई ठगिएका छन् ।’

उहाँले वन क्षेत्रको संरक्षणसँगै सदुपयोग गर्न आवश्यक रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल