१ पुष २०८२, मंगलवार
,
Latest
एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको चुनावमा पनि सत्ता र प्रतिपक्षबीच गठबन्धन



अ+ अ-

काठमाडौँ । कानुन व्यवसायीको संगठन नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदै छ ।

दलनिकट कानुन व्यवसायीहरू प्यानल बनाएर चुनावमा होमिँदै छन् । यसैबीच, सत्तारुढ दल कांग्रेस र एमालेनिकट कानुन व्यवसायीहरू गठबन्धन गरी चुनावमा जाने भएका छन् ।

अध्यक्षमा नेपाली कांग्रेसनिकट डीएलए बारका पूर्वमहासचिव विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइराला उम्मेदवार बन्ने भएका छन् । बाँकी उम्मेदवारको पनि भागवण्डा गरिने छ ।

कांग्रेस र एमालेले गठबन्धन गर्दा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र राप्रपालगायतका विपक्षी दलहरू पनि एकजुट भएका छन् । माओवादी केन्द्रनिकट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ अध्यक्षको उम्मेदवार बन्ने भएका छन् ।

उपाध्यक्षका उम्मेदवार नेकपा एसबाट बन्ने बताइएको छ । यस्तै, महासचिवमा रास्वपानिकट यज्ञमणि न्यौपाने उम्मेदवार बनेका छन् । आगामी २३ चैतमा २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ ।

यसअगाडि भएको चुनावमा कांग्रेस र माओवादी केन्द्रबीच भएको गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।