२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनको सम्भावना बोकेको घाङ्चो छहरा ओझेलमा



अ+ अ-

रामपुर, (पाल्पा) । बाह्रै महिना पानी झरिरहने पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर र बेलौजीको गाउँको बीच भागमा अवस्थित घाङ्चो छहरा हेर्दै मनमोहक छ । यसलाई मगर भाषामा घाङ्चो छहरा भनिन्छ । तर जनजिब्रोमा भने मगर भाषामै घाङ छहर अर्थात् नेपालीमा अग्लो झरनाका नामले चिनिन्छ ।

यहाँ पुग्ने जोकोही पनि झरनाको पानीमा नुहाउने र मज्जा लिने गर्छन् । यहाँसम्म पुग्न सडक यातायात पूर्वाधार तथा प्रचारप्रसारलगायतको अभावमा भने यो ओझेलमा परेको छ । बहपुरका तेजन सुनारी पाखापखेरामा घाँसदाउरा होस् या गोठालो जाँदा झरनाको आवाजले मन नै फुरुङ्ग बनाउने गरेको बताउनुहुन्छ । हिउँदयाममा पनि पानी कहिल्यै नसुक्ने उक्त झरना मनमोहक रहेको उहाँले बताउनुभयो ।

“गर्मीयाममा अग्लो छाँगोबाट झरिरहेको झरनाको पानीमा नुहाउन र मज्जा लिने गरिन्छ, यहाँ गर्मीयाममा पनि पानी सुक्दैन”, सुनारीले भन्नुभयो, “यसको प्रचारप्रसारको आवश्यकता छ, यहाँसम्म आवतजावत गर्न पूर्वाधार विकास नहुँदा झरना गुमनाम बनेको छ, यो पर्यटक भित्र्याउने माध्यम बन्नुपर्छ ।”

पर्यटनको सम्भावना बोकेको सो झरनालाई पर्यटकीय पूर्वाधार विकाससँग जोडे यो पर्यटकीय गन्तव्यस्थल बन्छ । करिब ३० मिटरभन्दा बढी उचाइ रहेको सो झरना २० मिटरसम्म फैलिएको छ । झरनासम्म पुग्ने बाटो सहज नहुँदा पर्यटकको चहलपहल न्यून छ ।

बहपुर र बेलौजी गाउँसम्म सडक सुविधा पुगेको छ । बहपुर गाउँबाट करिब १० मिनेट र बेलौजी गाउँबाट १५ मिनेटको पैदलयात्रा गरेपछि उक्त झरनामा पुगिन्छ । झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न निस्दी गाउँपालिकाले पहलकदमी थालेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बहपुरगाउँबाट झरनासम्म पैदलमार्ग बनाउन थालिएको छ । अब त्यहाँसम्म पुग्न पैदलमार्ग ९सिँढी० निर्माण गरिँदै छ । झरनासम्म सडक विस्तार गर्न पैदलमार्ग तयार गरिएको निस्दी–५ का वडाध्यक्ष दुर्गाबहादुर सोमैले बताउनुभयो । चालु आर्थिक वर्षमा झरनाको प्रवर्द्धन र पर्यटन विकास गर्न रु एक लाख बजेटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । अग्लो स्थानबाट बेगले झरेको झरनाबाट मनलाई आनन्दित बनाउँछ । रासस