१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ

‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ
अ अ+ अ-

काठमाडौं । बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ मिलेको छ । दर्शकले चलचित्रको तारिफ गरिरहेका छन् ।

चलचित्रले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छन् । हलमा पुगेका दर्शकले सिताराम कट्टेल धुर्मुसको क्यारेक्टरको तारिफ गरिरहेका छन् । उनले हसाएको बताएका छन् ।

“धुर्मुसको क्यारेक्टरले हसायो । नेताहरूप्रति गरेको व्यङ्गय मन पर्यो,” विग मुभिज पुगेका एक दर्शकले भने, “समग्रमा सिनेमाले मन पर्यो । कमेडी, व्यङ्ग्य र म्यासेज सबै मनपर्यो ।”

अर्का एक दर्शकले भने, “धेरै समयपछि धुर्मुसलाई चलचित्रमा देखियो । पाँडेले हँसाए । सक्गिोनिका कलाकारलाई चलचित्रमा देख्न पाइयो, राम्रो छ ।”

चलचित्रमा सुन्दर कर्णालीको दृश्य पनि दर्शकले मन पराएका बताएका छन् । दर्शकले मन पराउँदा सिनेमाले पहिलो दिन एक करोड १० लाख ग्रसकलेक्सन गरेको छ ।

चलचित्रमा काठमाडौंदेखि डोल्पासम्मका दृश्य समावेश छन् । जसले दर्शकको मन जितिरहेको छ ।

सुन्दर कर्णालीको दृश्य समेटिएको चलचित्रमा कर्णालीका सुन्दर सिन समावेश छन् । कर्णालीका सुन्दर हिमाल, खर्क र पठारले दर्शकको ध्यान खिच्छ ।

कर्णालीका दुःख मात्रै चलचित्रमा छैन । प्राकृतिक रूपमा सुन्दर कर्णालीका मनोरम दृश्य र सुन्दर मन भएका मान्छे पनि छन् । महेश त्रिपाठी कर्र्णालीको एक दुखी पात्र त हुन् नै चोखो मन भएका व्यक्ति पनि हुन् ।

उनी जति सुन्दर ठाउँमा जन्मिएका छन्, त्यति नै चोखो उनको मन र उद्देश्य पनि छ । आफ्नो दुनो सोज्याउनेहरूको भीडमा महेश चोखो मन भएका पात्र हुन् । उनको उद्देश्य जति राम्रो छ, त्यति नै राम्रो अभिनय पनि छ ।

उनको अभिनयको ताकतले सिंगो सिनेमालाई सजिव बनाएको छ । तारिफयोग्य महेशको अभिनयले कर्णालीको दृश्यले जति मोहित गर्छ दर्शकलाई त्यति नै उनको अभिनयले पनि । लोभलाग्दो उनको अभिनयले ‘लाज शरणम्’लाई सम्झनायोग्य सिनेमा बनाएको छ ।

अब्बल अभिनय हेर्ने चाहना भएका दर्शकका लागि महेशको अभिनय हेर्न ‘लाज शरणम्’ छुटाउनै नहुने चलचित्र बनेको छ । सुन्दर कर्णाली र पवित्र मन बोकेर हिँड्ने महेशले मात्रै पनि यो चलचित्र हेर्ने दर्शकलाई होल्ड गर्छन् ।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस०्), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला छन् । चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।