१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माफि माग्दै एन्जिलाले भनिन्– ‘सबैको साथ पाए एकदिन अवश्य जित्नेछौं’



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलिका कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले फ्यानहरूसँग माफि मागेकी छन् ।

बुधबार सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा म्यानमारसँग हार ब्यहोरेपछि उनले फ्यानहरुसँग माफि मागेकी हुन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै फाइनलमा फेरि चुकेकाले कप्तानको रूपमा सबै समर्थकहरूसँग माफि मागेको उल्लेख गरेकी छन् ।

फेरि पनि, हामी फाइनलमा पुग्यौं तर चुक्यौं । कप्तानको रूपमा, म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु ।’ उनले लेखेकी छन् ‘मैदानमा उपस्थित १६,००० दर्शकहरू र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरू—हामी तपाईंहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन सकेनौं ।’

म्यानमारसँगको फाइनलमा आफ्नो गल्तीका कारण पहिलो गोल बेहोरेको उनले बताएकी छन् । ‘म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो । पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं’ उनले भनिन् ।

एन्जिलाले आगामी दिनमा पनि समर्थकहरूबाट यस्तै माया, साथ र समर्थनको आवश्यकता रहेको बताउँदै लेखेकी छन् ‘तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ । यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ’ उनले भनिन् ‘त्यसैले, आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन्। यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ ।’

बुधबार सम्पन्न प्रतियोगिताको फाइनलमा म्यानमारसँग २–० गोलले पराजित हुँदै नेपाल १३औं फाइनलमा पनि उपाधि जित्न असफल रह्यो ।