६ पुष २०८२, आईतवार
,
Latest
सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक जेन–जी फ्रन्टद्वारा सल्लाहकार परिषद् गठन २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्लाइ दुबईबाट काठमाडौं आएका ३ विदेशी महिलाको मलद्वारमा ठूलो मात्रामा सुन फेला



अ+ अ-

काठमाडौँ । प्रहरीले ३ किलो ७४५ ग्राम सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।

बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानका नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तीनै जना महिला रहेका छन् ।

४ जनाको टोली आएको मध्ये तीन जना महिलाको साथबाट साढे ३ किलो बढी सुन बरामद गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

४ जनामध्ये एक जना पुरूष रहेका छन् । उनको साथबाट सुन बरामद नभए पनि उनीहरू एउटै समूहका रहेको खुलेको छ ।

तीन महिलाले मलद्वारमा डल्लो बनाएर सुन ल्याएका हुन् । उनीहरूको गतिविधि शंकास्पद रहेकाले विमानस्थलमा खटिएको प्रहरीले एक्सरेमा चेक जाँच गर्दा शंकास्पद देखिएपछि केएमसी लगेर भिडियो एक्सरे गरेर हेर्दा सुन भेटिएको थियो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।