२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकृति लम्सालका परिवारलाई महेश बस्नेतले भेटे



अ+ अ-

काठमाडौं । भारतको उडिसा स्थित केआइआइटी कलेजको छात्रबासमा ज्यान गुमाएकी नेपाली विद्यार्थी प्रकृति लम्सालका परिवारसँग नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भेट गर्नुभएको छ ।

भैरहवास्थित उहाँहरूकै घरमा पुगेर शोकमा रहनुभएका प्रकृतिका आमा–बाबु तथा परिवारका सदस्यसँग बस्नेतले भेट गर्नुभएको हो । प्रकृतिकी आमा सरिता शर्मा लम्साल र बुबा सुनिल लम्सालसँग भेटेर बस्नेतले घटना प्रति दुःख व्यक्त गर्नुभएको छ ।

बस्नेत लम्साल परिवारलाई भेट्न जानुभएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रकृतिका आमा–बुबासँग फोनमा कुरा गर्नुभएको छ । बस्नेतको फोनबाट कुरा गर्दै प्रधानमन्त्री ओलीले घटना प्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सो घटनाको निष्पक्ष छानबिनको लागि सरकारको तर्फबाट पनि अनुरोध गरिएको र कारबाहीको आवश्यक प्रक्रिया अघि बढिरहेको जानकारी आएको बताउनुभयो ।

टेलिफोन वार्तामा प्रकृतिका बुबा सुनिलले आफूहरू सम्हालिन प्रयत्न गरिरहेको प्रधानमन्त्रीलाई जानकारी दिनुभयो । सो घटनाको बारेमा अनुसन्धान भइरहेको भन्ने जानकारी आएको लम्सालले प्रधानमन्त्रीलाई बताउनुभयो । ‘पोष्टमार्टम रिपोर्ट पनि आयो, फरेन्सिक रिपोर्ट के भयो अपडेट भइसकेको छैन, विभिन्न चारवटा विषयमा मुद्दा दर्ता हुने भन्ने आएको छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले घटना सुनेर धेरै दुःख लागेको बताउँदै यसबाट देश नै दुखित भएको बताउनुभयो । ओलीले सिङ्गो देश लम्सालको साथमा रहेको आश्वासन दिनुभयो । ‘भइसकेको कुरा फर्काउन सकिँदैन, नहुनु पर्ने कुरा भयो, छानबिन भइरहेको छ भन्ने मैले थाहा पाएको छु, निष्पक्ष छानबिन होला भन्ने मैले विश्वास लिएको छु’, उहाँले भन्नुभयो ।

लम्सालले आफ्नो छोरीको ज्यान गइसकेको बताउँदै सो विश्व विद्यालयमा धेरै नेपालीका छोरा–छोरी पढिरहेकाले उनीहरूले त्यो पीडा भोग्नु नपरोस् भन्ने तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले त्यस विषयमा चासो लिएको र त्यस विषयमा सजग रहेको बताउनुभयो । ‘हामीले चासो लिएका छौँ, सुरुदेखि नै सार्वजनिक ढङ्गले नै चासो लिएका छैँ, सरकारी हिसाबले पनि लागेका छौँ’, प्रधानमन्त्रीले भन्नुभयो ।

 




भर्खरै