१२ श्रावण २०८३, मंगलवार
,
Latest
गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यसंग युबा मैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य :- कमल थापा



अ+ अ-

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यसंग कुनै किसिमको युबा मैत्री नीति नहुदा देश अधोगती तर्फ गएको जिकिर गरेका छन् ।

“लाखौ युबाहरु बिदेशका शहर र गल्लिमा भौतारिका छन् भने स्वदेशमा भएका ठुलो संख्याका युबाहरु पनि दुर्ब्यबसनको सिकार हुनु मुलुकका निम्ति दुर्भाग्य हो” -थापाले भने । आज हेटौंडा – ९ मा रहेको “सिआन पुनःस्थापना केन्द्र’ अबलोकन गर्नुहुदै अध्यक्ष थापाले दुर्ब्यसनमा फसेकाहरुलाई समाजमा पुनर्स्थापित गरि आत्मनिर्भर हुने र सम्मानपुर्बक जीवन यापन गर्ने परिस्थिति निर्माण गर्नु आजको प्रमुख आबश्यकता भएकोमा जोड दिए ।

दुर्ब्यसनको कुलतमा लागेकालाई नकारात्मक र अपराधको दृष्टिकोणबाट हेर्न जरुरी नभएको भन्दै उनले सकारात्मक दृष्टिका साठ सकारात्मक परिबर्तन गराउन बल गर्नु पर्मे समेत बताए । सिआनले पछिल्लो समय छुट्टै महिला सुधार गृह पनि संचालन गरेकोमा थापाले खुशि ब्यक्त गरे ।विभिन्न प्रकारका दुर्व्यसनबाट पिडितहरुको उद्धार र पुनःस्थापनाको निम्ति सिआनले गरेको सेवा अत्यन्त प्रशंसनीय भएकोसमेत थापाले बताए ।

कार्यक्रममा सस्थामा अध्यक्ष बिजेन्द्र अग्रवाल, मन डिसि लगायतले बोलेका थिए ।