३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday
Latest
‘जातीय भेदभाव तथा छुवाछूत रोक्न सबैले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ’ फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई साथी सहजकर्ता बनाइँदै कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य शान्ति प्रक्रियालाई टुङ्ग्याउन संवेदनशील भएर जिम्मेवारी पूरा गरौँ हनुमानलाई ३१ किलोको लड्डु राप्रपा अध्यक्ष लिङ्देनद्वारा स्वर्गीय पत्रकार सुरेशको परिवारसँग भेट, परिवारद्वारा शहीद घोषणा र न्यायिक छानबिनको माग कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा करेन्ट लागेर एकजनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यसंग युबा मैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य :- कमल थापा



अ+ अ-

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यसंग कुनै किसिमको युबा मैत्री नीति नहुदा देश अधोगती तर्फ गएको जिकिर गरेका छन् ।

“लाखौ युबाहरु बिदेशका शहर र गल्लिमा भौतारिका छन् भने स्वदेशमा भएका ठुलो संख्याका युबाहरु पनि दुर्ब्यबसनको सिकार हुनु मुलुकका निम्ति दुर्भाग्य हो” -थापाले भने । आज हेटौंडा – ९ मा रहेको “सिआन पुनःस्थापना केन्द्र’ अबलोकन गर्नुहुदै अध्यक्ष थापाले दुर्ब्यसनमा फसेकाहरुलाई समाजमा पुनर्स्थापित गरि आत्मनिर्भर हुने र सम्मानपुर्बक जीवन यापन गर्ने परिस्थिति निर्माण गर्नु आजको प्रमुख आबश्यकता भएकोमा जोड दिए ।

दुर्ब्यसनको कुलतमा लागेकालाई नकारात्मक र अपराधको दृष्टिकोणबाट हेर्न जरुरी नभएको भन्दै उनले सकारात्मक दृष्टिका साठ सकारात्मक परिबर्तन गराउन बल गर्नु पर्मे समेत बताए । सिआनले पछिल्लो समय छुट्टै महिला सुधार गृह पनि संचालन गरेकोमा थापाले खुशि ब्यक्त गरे ।विभिन्न प्रकारका दुर्व्यसनबाट पिडितहरुको उद्धार र पुनःस्थापनाको निम्ति सिआनले गरेको सेवा अत्यन्त प्रशंसनीय भएकोसमेत थापाले बताए ।

कार्यक्रममा सस्थामा अध्यक्ष बिजेन्द्र अग्रवाल, मन डिसि लगायतले बोलेका थिए ।