१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालको नियमन आवश्यक छः सचिव भट्टराई



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जालको नियमन आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै भट्टराईले नेपालमा डिजिटल प्लेटफर्महरू कानुन अनुसार दर्ता गरेर सञ्चालन गर्नुपर्ने बताए । उनले अन्य देशमा पनि यस्तो व्यवस्था भएको बताए ।

‘नेपालमा मात्रै छाडा हुनु हुँदैन, देश सानो, ठुलो हुनसक्छ तर आचरण सबैले पालना गर्नुपर्छ’, उनले भने ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले कर्णालीको विकास सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।

सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार, कर्णालीका जलविद्युत् आयोजना, पर्यटन र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको उहाँले जानकारी दिए ।

अहिले राजा फर्काउने भन्दै केही पश्चगमनकारीहरु लागिरहेका बताउँदै भट्टराईले नेपालमा राजतन्त्र समाप्त हुनुमा स्वयं पूर्वराजा ज्ञानेन्द्रकै हात रहेको स्पष्ट पारे ।

‘राजतन्त्रको अन्त्य हामीले गरेको होइन, स्वयं पूर्वराजाले नै त्यसको आधार तयार गरेका हुन्, अब मरिसेकेको राजतन्त्र फर्कन सक्दैन’, उनले भने ।