२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

केआईआईटीले नेपाली विद्यार्थी र जनतासँग माफी माग्यो



अ+ अ-

काठमाडौँ । कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थीहरूसँग भएको दुर्व्यवहारको घटनामा माफी मागेको छ ।

भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी क्याम्पसका उपकुलपति प्रा. सरनजीत सिंहले एक विज्ञप्ती जारी गर्दै १६ फेब्रुअरी २०२५ को साँझ क्याम्पसमा भएको अप्रिय घटनाबाट आफूहरू स्तब्ध रहेको जनाएका छन् ।

उनले भनेका छन्, ‘हामीमध्ये केहीले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको व्यवहारप्रति पनि हामी दुःखी छौं । हामी हाम्रा विद्यार्थीहरूलाई माया गर्छौँ र उनीहरूलाई कहिल्यै कुनै हानि पुर्‍याएका छैनौँ ।’

दुई अधिकारीहरूले विद्यार्थीहरूको बारेमा गरेको टिप्पणीहरू अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको भन्दै ती टिप्पणीहरू उनीहरूको व्यक्तिगत क्षमतामा क्षणिक रूपमा गरिएको पनि विज्ञप्तीमा जनाइएको छ । त्यसलाई क्याम्पसले समर्थन नगर्ने विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई क्याम्पसबाट निलम्बन गरेको जानकारी दिँदै उनीहरूले पनि आफ्नो व्यवहारको लागि माफी मागिसकेको सिंहले बताएका छन् ।

पत्रमा भनिएको छ, ‘हामी पनि सबै कुराको लागि माफी चाहन्छौं र सबै नेपाली विद्यार्थी र नेपालका जनतालाई हाम्रो माया र स्नेह व्यक्त गर्दछौँ ।’

यस्तै, नेपाली विद्यार्थीलाई भारतीय जस्तै स्नेह गरेको उल्लेख गर्दै उनीहरूलाई यथासिघ्र नियमित अध्ययनमा सामेल हुन पत्रमार्फत अपिल गरिएको छ ।