काठमाडौं । स्पेनीस फुटबल लिग ला लिगा अन्तरगत बार्सिलोनाले जित निकालेको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले रायो भाल्लेकानोलाई १-० गोलले हराएको हो ।
घरेलु टोलिको जितमा एकमात्र निर्णायक गोल रोबर्ट लेवान्डोस्कीले गरे । उनले खेलको २८ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।
जितसँगै बार्सिलोना रियल मड्रिड र एट्लेटिको मड्रिडलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाको २४ खेलबाट ५१ अङ्क छ ।
रियल समान अङ्कका साथ दोस्रो स्थानमा रहँदा एट्लेटिको ५० अङ्कका साथ तेस्रो स्थानमा छ । यस्तै, पराजित रायो ३५ अङ्कका साथ छैटौं स्थानमा छ ।










