७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त
अ+ अ-

काठमाडाैँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताउनुभएको छ । सिंहदरबारस्थित समितिको आजको बैठकमा सांसदहरूले राखेको चासो र विज्ञासाको जवाफमा उहाँले निर्वाचन प्रणाली सुधार गर्न तीन तहका सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताउनुभयो ।

उहाँले निर्वाचन आयोगलाई सफल हुनका लागि सबै दलहरू र सबै तहका सरकारबाट उत्तिकै सहयोगको अपेक्षा गरेको उल्लेख गर्दै उजुरीका विषयमा प्रक्रिया नपुगीकन आएको रिट निवेदन भएकाले दर्ता गर्न अस्वीकार गरेको जानकारी गराउनुभयो । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनमा पैसा र शक्तिलाई कानुनीरूपमा नियन्त्रण गरेको हुनाले राजनीतिक दल, सरकार र सञ्चारमाध्यम कसैले पनि प्रयोग गर्न नहुने र कानुनीरूपमा कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिँदै आयोग त्यसप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले कृत्रिक बौद्धिकताको विषयमा आफैँ पनि दक्ष व्यक्ति नभएको हुनाले सूूचना प्रविधिमैत्री संरचना बनाउँदै र दलको बीचमा रेफ्रीको भूमिका निर्वाचन आएको हुने विश्वास व्यक्त गर्नुभयो । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले मतदान केन्द्रमा मतगणना गर्दा लागत पनि कम हुने भएकाले छिटो पनि गणना हुने भएकाले निर्वाचन सुधारको काम पनि हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै निर्वाचनका दिन सवारी साधन सुरक्षाका कारण नचलाउने भन्दै यसबारे थप छलफल गर्ने बताउनुभयो ।

विदेशमा बस्ने नेपालीलाई मतदान गर्न उनीहरूको सङ्ख्या यकिन, विधि कस्तो बनाउने भन्ने विषयमा बृहत् गृहकार्य जरुरी भएको र नोट चल्ने भोट नचल्ने भन्ने विषय गहन छलफल जरुरी भएको उहाँको भनाइ थियो । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनको कामलाई स्वच्छ, पारदर्शी र विश्वसनीय तरिकाले सम्पन्न आफूले पूर्णरूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले वदर मत घटाउन सबैले मिलेर निर्वाचन शिक्षा अभियान चलाउनुपर्ने बताउनुभयो ।