काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत म्यानमारले जित निकालेको छ ।
केहीबेरअघि सम्पन्न खेलमा लेबनानलाई ३–१ गोलले हराउँदै म्यानमारले विजयी सुरुवात गरेको हो । म्यानमारको जितमा विन थिंगी, शे वी र सान थले गोल गरे । लेबनानका लायला स्कन्दरले एक गोल फर्काइन् ।
सबै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो । प्रतियोगितामा आज साँझ नेपालले किर्गिस्तानको सामना गर्दैछ । खेल ६ बजे सुरु हुनेछ ।










