९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि फुटवेयर उद्योगमा सीपयुक्त जनशक्ति उत्पादन र आन्तरिक रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन नेपाल (एफएमएएन) का पदाधिकारीसँग छलफल गर्नुभएको छ।

प्रधानमन्त्रीले साउन १ गते एफएमएएनका पदाधिकारीसँग गरेको भेटका क्रममा दिएको निर्देशनअनुसार बुधबार भएको छलफलमा फुटवेयर उद्योगका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादन, तालिम कार्यक्रमलाई प्रभावकारी बनाउने उपाय तथा सरकार–निजी क्षेत्रबीच सहकार्य विस्तारका विषयमा विस्तृत छलफल भएको हो।

छलफलका क्रममा मन्त्री यादवले सरकारले अघि बढाएको ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’ अभियानलाई सफल बनाउन निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाइने बताउनुभयो। उहाँले युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

भेटमा फुटवेयर उद्योगका प्रतिनिधिले आगामी दिनमा १८ देखि २० हजार जनालाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, सरकारले सीपयुक्त जनशक्ति उत्पादन गर्ने र निजी क्षेत्रले रोजगारी सिर्जना गर्ने विषयमा निरन्तर सहकार्य गर्ने समझदारीसमेत भएको छ।

बैठकमा मर्यादित श्रमको वातावरण निर्माण, श्रम तथा रोजगार प्रणालीलाई थप व्यवस्थित बनाउने तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत जोड दिइएको छ।