१३ श्रावण २०८३, बुधबार
,
Latest
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति



अ+ अ-

काठमाडौं । सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ व्यवस्था सम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, सर्त र सुविधा सम्बन्धी ऐन, २०५३ संशोधन गर्न बनेको विधेयक तथा सङ्क्रामक रोग तथा पशु सम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

त्यसैगरी, बैठकले राहदानी ऐन, २०७६ संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, बालश्रम (निषेध तथा नियन्त्रण) सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन, २०६८ संशोधन गर्न बनेको विधेयक तथा कर्मचारी सञ्चय कोष ऐन संशोधन सम्बन्धी विधेयक पनि संसद्मा पेस गर्न स्वीकृति दिएको जनाएको छ।

सरकारले कानुनी तथा संस्थागत सुधारलाई अघि बढाउने उद्देश्यले यी विधेयक संसद्मा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको हो।




न्यूजपोलारबाट थप समाचार
भर्खरै