५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफि सार्वजनिक



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ट्रफि सार्वजनिक गरिएको हो । प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज किर्गिस्तानसँग खेल्नेछ । यो खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुनेछ ।

यसअघि आजै म्यान्मार र लेबनानबीच दिउँसो २ बजे खेल हुनेछ ।