२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्षस्थानको लिभरपुल विजयी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले वल्भ्सलाई २–१ गोलले हराएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले गोल गरे । वल्भ्सका म्याथ्युस कुन्हाले एक गोल फर्काए ।

लिभरपुलले दुबै गोल पहिलो हाफमा गर्यो । १५ औं मिनेटमा डियाजले गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाए । ३७ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

खेलको ६७ औं मिनेटमा कुन्हाले गोल गर्दै वल्भ्सलाई १–२ को स्थितीमा ल्याए । पहिलो हाफ लिभरपुलले दबाबमा राख्दा दोस्रो हाफ भने वल्भ्सले लिभरपुललाई दबाबमा राख्यो । तर, वल्भ्सले गोल भने गर्न सकेन ।

यो नतिजासँगै शीर्षस्थानको लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग अंकदुरी बढाएको छ । लिभरपुलको २५ खेलबाट ६० अंक छ भने आर्सनलको ५३ अंक छ । पराजित वल्भ्स १९ अंकका साथ १७ औं स्थानमा छ ।