७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको पाँच खानेपानीमा दुई करोड चौहत्तर लाखको ठेक्का आह्वान



अ+ अ-

मकवानपुर । मकवानपुर जिल्लाको संघीय निर्वाचन क्षेत्र नंं २ अन्तर्गत ५ वटा छुट्टा छुट्टै खानेपानी आयोजनाका लागि २ करोड ७४ लाख ५८ हजारको ठेक्का आह्वान भएको छ ।

विभिन्न खानेपानी योजनाहरु सम्पन्न गर्ने गरी मकवानपुर २ बाट निर्वाचित सांसद महेश कुमार बर्तौलाको पहलमा यी आयोजनाहरुमा चालु आ.व.मा संघीय खानेपानी मन्त्रालयबाट विनियोजित बजेट कार्यक्रमहरुबाट यो ठेक्का आह्वान भएको हो ।

एमाले नेता एवम् मुख्य सचेतक बर्तौलाको सचिवालयले दिएको जानकारी अनुसार कालीदेवी आनेपानी आयोजना थाहा नगरपालिका वडा नं. ९ को चित्लाङ खोनपानीको लागि रु. ३० लाख २९ हजार, इन्द्रसरोवर गाउँपालिकाको ३ नम्बर वडा स्थित रामचन्द्र भञ्ज्याङ खोनपानी आयोजनाको लागि रु. ४७ लाख २६ हजारको ठेक्का खुलेको हो ।

बर्तौलाको स्वकीय सचिव आशिष अस्लामीका अनुसार भीमफेदी गाउँपालिकाको वडा नंं ९ को बरदेउ खानेपानी योजनाको लागि रु. १ करोड ७ लाख ७३ हजार बराबरको ठेक्को खुलेको छ ।

त्यसैगरी नाकछेडा खानेपानी योजना थाहा नगरपालिका ११ को नाकछेडा खानेपानीको लागि रु. ४० लाख ६१ हजार र मनहरीको ९ नम्बरको माथिल्ले ज्यामिरे स्थित सुवेदीटोल खोनपानी योजनाको लागि रु. ३० लाख २८ हजारको ठेक्का आह्वान भएको छ ।