२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

नओइलिने फूल !

नओइलिने फूल !
अ अ+ अ-

मौसम त थिएन, फुलिदियो । किनकी यो नर्मल थिएन, त्यसैले सबैको ध्यान त्यतै गयो । नत्र आँगनको नासपाती फुल्दैमा अचम्म लाग्नु पर्ने त खासै थिएन । तर, जति छक्क परे पनि सेता फूल प्रमण थिए र नाच्दै थिए हावामा, सँगसँगै  मेरो मन पनि । मेरो मन त उडिरहेको थियो वास्तवमा मैले किनेर ल्य्वेको बोट जो थियो । कति सानो, किक्रिक्क परेको थियो, पातै नभएको ठुटे !
के ल्याको यस्तो बिरुवा । सबैले भने, त्यत्रो पैसा हालेर । मैले सुनी मात्रै राखेँ । यो चोजुरो । नर्सरीको भाइले भन्दै थियो । कस्तो नाम हो यो ? मेरो मनले भन्यो, न केटा न केटी जस्तो । म त्यो नाममा विछट्टै आकर्षित भएँ तर । मायालाई केही चाहिन्न नि विशेष ! अब हेर्नू न, त्यो रुपरंग केही नभएको लिखुरे बिरुवा । तर म मुग्ध थिएँ उसको जापानी नाममा !

अघि नै मैले भनेँ मन उडिरहेको छ । उडेको बेला जे पनि हुन सक्छ नि । दोस्रो विश्वयुद्धमा उडिरहेको फाइटर प्लेनको पाइलटले तल कुहिरोले ढाकेर केही नदेख्दा कोकुरा सहरमा खसाउनु पर्ने एटम बम हिरोशिमा सहरमा खसाएका रे जापानी नासपाती को कुरामा जापानी कोकुरा सहरको कथा नै आयो । म  पनि स्याउको बोट किन्न गएको थिएँ , नर्सरीको भाइले नासपाती भिडायो । कोकुराको ठाउँमा हिरोशिमा परे जस्तै । कहाँ म सलक्क परेको, अघिल्लो भेटमा लटरम्म रसिला फल लिएको एना । नाम पनि सुन्नु न स्याउको, हलिवूड्की नायिका जस्तो०खोज्दै गएको, लिएर आएँ  च्याँखुरो जस्तो चोजुरो ! अहँ, तपाइँ भन्न स्स्क्नु हुन्न कहिले र केमा माया बस्छ भन्ने कुरो १अब मलाई नै हेर्नुहोस न, कसले सोच्या थियो होला र यस्तो अक्कल भाको मान्छेले त्यस्तो डेढअक्कली काम गर्ला भनेर । 

मेरो चोजुरो जम्मा दुइ वित्ताको थियो, पातविहिन । भाइले कोट्याएर हरियो देखाउँदै ूहेर्नुहोस् न, बाँचेकै छू भन्नू परेको । अचम्म, नफले पनि पात त हुनु पर्ने नि साउन भदौमा । एना र डोर्सेट स्याउहरु फलिसकेर पनि हरिया पातले सजिएका थिए । मेथ्ली र सान्टा रोजा आरुबखडाहरु पनि  हरियै थिए, तर यो चोजुरो बबुरोको के कुरो ? उसले आफैंलाई, आफ्नो वृद्धिलाई थुनछेक गरे जस्तो थियो, चेखवको खोल भित्रको मान्छे जस्तो । नास्पाती, पात नाश भएको  मिले जस्तै भो । झरेको हो, नपलाएको होइन पक्कै । थाहा भएन किन, कसरी पतझड नआउँदै । बिरुवासँगै

उडिरहेछ । बहकिरहेछ मन । मन गीत गाइरहेछ । 
जान्न छैन सजिलो फूल कहिले बोटमा फुल्छ भनेर,
न जानिन्छ मन कहाँ र कहिले मायामा भुल्छ भनेर !

तिमीमा एक खालको जादु छ । तिम्रो संसर्गमा म कति खुल्ने भएकी छु, कति खुशी छु । लाग्छ इन्द्रेणीका रंग बल्ल खुट्याउन थालेकी छु । जिवित पाउँछु आफुलाई तिम्रो स्पर्शमा । थिएँ पत्थर अहिल्या पहिले । शुष्क मरुभुमी लाग्थ्यो जीवन, अहिले मेरो रोमरोम आनन्दले पल्लवित छ । जीवनको मिठास अहिले बल्ल अनुभुत गर्न थालेकी छु । हेर न, म सुन्दर भएकी छु, सुवासित भएकी छु । म फुलेकी छु केवल तिम्रा लागि !

बहकिरहेछ मन, अहिले यहाँ छ, अहिले कहाँ ।
वागवानीको नियमले बेयामका फूललाई जतिसक्दो छिटो निमोठिदिनु भन्छ । रहेमा यसले फलफुलको बोटलाई हानी गर्छ र उत्पादकत्वमा नकरात्मक असर पार्छ । यो बिरुवाका सुन्दर फुलहरु ज्यादामा यो हप्ता रहलान् । फल पनि हुन सक्ने छैनन् परागसेचनको  अभावमा ।  व्यवहारिक दिमागले फुल चुँडिदिन आदेश दिन्छ । म तिलस्मी फुलहरुलाई एकछिन हेर्छु ।
यहिँ पुरै गेम चेन्ज हुन्छ । संजीवनी स्पर्शले ब्युँतिएका रहरलाई त्यही हातले चुँडालिदिनु पर्ने । म सक्दिन । टु  हेल विथ बेटर गार्डनिङ्ग । पछिको कुरा छाड यार, हामी एकअर्काको सान्निध्यमा अझै केही दिन रमाउँला । 

मायाको जादु यहि हो नि हजुर, मुटुले सोच्न थाल्छ । 
मोबाइल झिकेर २/३ वटा फोटा खिच्छु सेता फुलहरुको । आफ्ना प्रियहरुको राम्रो फोटो खिच्नसक्दा आनन्द मिल्छ मलाई । समय उस्तै नरहे पनि मृदु पलको सम्झनाले सदैव आनन्द दिन्छ नि !
पश्च लेखन फूलहरु झरेर गइसके स्मृती ताजै छ । हरेक पटकको सम्झनामा आनन्द उस्तै मिल्दो छ ।