२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा चन्दको पुस्तक ‘किज अफ हाउ टु डेभलप नेपाल’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । अर्थविद् डा शेरजङ्गबहादुर चन्दको पुस्तक ‘किज अफ हाउ टु डेभलप नेपाल’ पुस्तक सार्वजनिक भएको छ । इन्डिगो इन्कद्वारा प्रकाशित उक्त पुस्तक आजदेखि बजारमा उपलब्ध गराइएको लेखक चन्दले जानकारी दिनुभयो ।

पुस्तकमा नेपाललाई आर्थिक समृद्धिको दिशामा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा रणनीति, नीति र उपायहरु सरल रूपमा लेखिएको जनाइएको छ । नेपालको दिगो विकासका लागि आवश्यक औद्योगिक प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास, वैदेशिक लगानी, भौतिक संरचनाको विकास तथा सञ्चार प्रविधिको सशक्तीकरणका विषय पुस्तकमा समेटिएको उहाँले बताउनुभयो । साथै सहरी तथा ग्रामीण क्षेत्रको सन्तुलित विकास योजना, शिक्षा प्रणाली सुधार, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, प्रविधि तथा नवीनतम आविष्कारमा जोड समेत दिइएको लेखक चन्दले बताउनुभयो ।

पुस्तकमा उद्योग र व्यापारको प्रवर्द्धन, नेपालमा साना तथा ठूला उद्योगको विकासका उपाय, सरकारी तथा निजी क्षेत्रको सहकार्य, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा निर्यात वृद्धिलगायतका विषय समेटिएको जनाइएको छ ।

मुलुकको विकासमा स्थानीय समुदायको संलग्नता र फाइदा, वैदेशिक लगानीको आकर्षण, लगानीमैत्री नीति तथा कानुनी सुधारसँग सम्बन्धित विषय पनि समेटिएका छन् ।

त्यस्तैगरी भौतिक संरचनाको विकास यसका लागि सडक, रेल, विमानस्थल तथा ऊर्जा क्षेत्रको विकासमा सार्वजनिक–निजी साझेदारीको भूमिका, प्रभावकारी नीति तथा कार्यान्वयन रणनीति समेटिएको पनि लेखक चन्दले बताउनुभयो ।

सञ्चार तथा प्रविधिलाई समेटेर डिजिटल नेपाल अभियान तथा प्रविधिमा लगानी, इन्टरनेट तथा दूरसञ्चार पूर्वाधारको विस्तार तथा प्रविधिमा नवाचार तथा स्टार्टअप संस्कृति विकासबारे पनि पुस्तकमा समेटिएको छ ।




भर्खरै