२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली युवा र युनानबीचको मैत्रीपूर्ण फुटबल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने



अ+ अ-

काठमाडौँ । नेपाली युवा फुटबल टोलीले चीनको युनान युथ फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दिउँसो २ः३० बजे हुने उक्त खेल अवलोकन गर्न प्रधानमन्त्री ओली पनि रंगशाला जानुहुने भएको छ ।

यो मैत्रीपूर्ण खेलको लागि प्रशिक्षक राजेश शाहीले गत मंगलवार २३ सदस्यीय युवा टोली घोषणा गरेका छन् ।

नेपाली टोलीमा तीन गोलकिपरः जियारथ शेख, कृषल मोक्तान, विशाल केसी तथा डिफेन्डरमा सिमान्त थापामगर (कप्तान), सविन घिमिरे, राम थापा, विशाल नेपाली, अश्विन घोरासैनी, विक्रम तामाङ छन् ।

मिडफिल्डरमा सरोज दार्लामी, लक्षु थापा, कृष्ण आले, ओमप्रकाश बम, सविन लुङ्गेली, आशिष राई, विक्रम गौतम, धर्मेन्द्र कुँवर तथा फरवाडर्माः निराजन धामी, सुजन मगर, नीरज कार्की, निरोज चौधरी, श्यरब लो तामाङ र विज्ञान खड्का छन् ।