२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह चालु वर्ष ६ लाख मेट्रिक टन मल आपूर्ति लक्ष्य, धान सिजनअघि ९० हजार टन थपिने… उपराष्ट्रपति यादवसँग कोशी प्रदेश प्रमुख खापुङको भेट भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढानीलकण्ठ बैठकः अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरूबीच छलफल भएको छ ।

पार्टीका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको पहलमा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा नेताहरु छलफलमा जुटेका हुन् ।

अध्यादेश पास गर्न अपनाउन सकिने वैकल्पिक उपायबारे छलफल भएको बताइएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेसँगै देखिएको समस्या समाधानबारे बैठकमा बहस भएको थियो ।

नेकपा (एकीकृत समाजवादी)लाई मनाएर राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत गराउन पहल गर्ने निर्णय आजको छलफलमा भएको स्रोत बताउँछ ।

सत्तामा रहेको लोसपा र गठबन्धन सरकारलाई समर्थन गरेको जसपा नेपालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश–२०८१ अस्वीकार गर्ने निर्णय गरेका थिए ।

यी दुई दलबिना राष्ट्रियसभामा अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदा स्वीकृत हुने सम्भावना नभएपछि कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाको पहलमा संस्थापन पक्षीय नेताहरूले विकल्प खोजेर समस्या समाधानबारे कुराकानी गरेका हुन् ।

बैठकमा सभापति देउवासँगै नेता सिटौला उपसभापति पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, डा. प्रकाशशरण महत र एनपी साउद सहभागी थिए ।

प्रमुख सत्तारुढ दल कांग्रेस भएकाले अध्यादेश अस्वीकृत हुँदा नैतिकताका प्रश्न उठ्ने भन्दै जसरी भए पनि पास गर्न कांग्रेसले पहल कदमी लिनुपर्ने कुरा बैठकमा उठेको थियो ।

जसको विकल्पमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई राष्ट्रियसभामा अध्यादेश पास गर्न सघाउन आग्रह गर्ने निर्णय गरिएको छ । यद्यपि, एकीकृत समाजवादी अध्यादेशको पक्ष–विपक्षमा रहे के गर्ने भन्ने आधिकारिक धारणा भने सार्वजनिक गरिएको छैन ।

एकीकृत समाजवादीसँग कांग्रेसले छलफल गर्नेछ ।
साथै, बैठकमा सरकार निर्माणका बेला भएको ७ बुँदे सहमति कार्यान्वयनको सन्दर्भमा पनि छलफल भएको थियो ।




भर्खरै