काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत २ किलो भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परेको छ ।
बा प्रदेश ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल पर्खालमा ठोक्किएर दुर्घटनामा परेको हो ।
मोटरसाइकल चालक त्रिशुलीमा खसेका छन् । मोटरसाइकल सडक छेउको पर्खालमा ठोक्किएर दुर्घटनामा परेको हो । मोटरसाइकल सडकको छेउमै रहेको छ । बेपत्ता हुनेमा लमजुङका रोहित राना रहेका छन् । उनी भारतीय सेनामा कार्यरत छन् ।
स्थानीय र प्रहरी उद्दारमा जुटिरहेका छन् । थप विवरण आउन बाँकी छ ।









