२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको पहिलो खेलमा कोलकाता र बैंगलोर भिड्ने



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १८ औं सिजन मार्च २२, शनिबारबाट सुरु हुँदैछ ।

उद्घाटन र फाइनल खेल डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर)को घरेलु मैदान इडेन गार्डेनमा हुनेछ । पहिलो खेलमा केकेआरले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)सँग प्रतिस्पर्धा गर्नेछ ।

क्रिकबजको रिपोर्ट अनुसार आईपीएलको पूर्ण तालिका १ वा २ दिनमा सार्वजनिक हुनसक्छ । फ्रेन्चाइज टोलीहरूलाई महत्त्वपूर्ण खेलहरूको बारेमा जानकारी गराइएको छ ।

कोलकाताले सन् २०२४ को फाइनलमा सनराइजर्स हैदरावादलाई हराएर उपाधि जितेको थियो । यसपटक हैदरावादमा २ प्लेअफ खेल हुनेछन् ।

१७ औं सिजनको उपविजेता सनराइजर्स हैदरावादले पनि घरेलु मैदान उप्पलबाट आईपीएलको यात्रा सुरु गर्नेछ । उसले मार्च २३ मा राजस्थान रोयल्ससँग खेल्नेछ । गत सिजनको क्वालिफायर–२ मा पनि दुवै टोली भिडेका थिए । उक्त खेलमा हैदरावाद विजयी हुँदै फाइनलमा प्रवेश गरेको थियो ।

आईपीएलमा उद्घाटन र फाइनल खेल डिफेन्डिङ च्याम्पियन टोलीको घरेलु मैदानमा खेलाइन्छ । यसपटक पनि दुवै महत्वपूर्ण खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा हुनेछन् । फाइनल मे २५ मा हुनेछ । क्वालिफायर–२ कोलकातामा नै हुनेछ । जबकि क्वालिफायर–१ र एलिमिनेटर अघिल्लो उपविजेता एसआरएचको घरेलु मैदान हैदरावादमा खेलाइनेछ ।

यसैबीच, आरसीबीले बिहीबार नै आफ्नो नयाँ कप्तानको बारेमा जानकारी गरायो । १८ औं सिजनमा मध्य प्रदेशका रजत पाटीदारले टोलीको कप्तानी गर्नेछन् । केकेआरले पनि नयाँ कप्तानको साथ प्रतियोगिता खेल्नेछ । अघिल्लो कप्तान श्रेयस अय्यरले यो सिजन पञ्जाब किंग्सबाट खेल्ने भएकाले केकेआरले नयाँ कप्तान छनोट गर्नुपर्नेछ ।

१० टोलीको घरेलु मैदानबाहेक गुवाहाटी र धर्मशालामा पनि खेल हुनेछन् । गुवाहाटी राजस्थान रोयल्स (आरआर)को दोस्रो घरेलु मैदान हो, टोलीले यहाँ २ खेल खेल्नेछ । टोलीले मार्च २६ मा कोलकाता र ३० मार्चमा चेन्नईसँग खेल्नेछ । धर्मशाला पंजाब किंग्सको दोस्रो घरेलु मैदान हो । टोलीले यहाँ ३ खेल खेल्नेछ ।

१० टोलीका बाँकी घरेलु मैदान अहमदाबाद, मुम्बई, चेन्नई, बैंगलोर, लखनऊ, मुल्लानपुर, दिल्ली, जयपुर, कोलकाता र हैदरावाद हुन् । सिजनका बाँकी खेलहरू यहाँ खेलाइनेछन् । प्रतियोगितामा १० टोलीबीच कुल ७४ खेल हुनेछन् ।

आईपीएल भारतको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । यो प्रत्येक वर्ष मार्च देखि मे सम्म टी–२० ढाँचामा खेलिन्छ । यो प्रतियोगिता २००८ मा ८ टोलीबीच सुरु भयो । फाइनलमा चेन्नईलाई हराउँदै राजस्थानले पहिलो सिजनको उपाधि जितेको थियो ।

२०२२ देखि १० टोलीहरूले सहभागिता जनाउन थाले । चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले सर्वाधिक ५–५ उपाधि जितेका छन् । कोलकाता ३ उपाधि जितेर प्रतियोगिताको तेस्रो सफल टोली हो । दिल्ली, बैंगलोर , पञ्जाब र लखनउले अहिलेसम्म एउटै पनि उपाधि जितेका छैनन् ।

 




भर्खरै