२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पसिनाको मुल्य



अ+ अ-

देशमा काम नपाइ विदेश भासिए
युवा नेपाली जन ।
घरमा लालाबाला र बा आमा छाडेर
जानु छ एक्लो तन ।।
देशमा काम गर्न अवसर छैन जानै
पर्यो विदेश ।

विदेश पुगेर  भएपनि जहान पाल्नै पर्यो
बाध्यता ।।
देशमा कृषि भूमि बन्यो मरुभूमि उब्जनी 
छैन अब  ।
काम गर्ने जनशक्ति छ विदेशमा देशमा
निर्बल केवल ।।

नेपाली श्रमिक केवल बाहुबल शीप
सिकौँ लौ अब ।
शीपले मात्र दिने राम्रो प्रतिफल काम लाग्ने
सबै तिर ।।
खाडी मुलुकमा कडा मेहनत गर्छन् 
नेपाली युवा ।

बालुवा बीचमा लह लह खेती पार्छन्
नेपाली युवा ।।
मरुभूमि बीच ऊँट बाख्रा चराइ बहार
ल्याउने युवा ।
नेपाली भूमिमा प्रयोग गर्न सके
विकास पक्कै होला ।।




भर्खरै