२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अरेली काँडैले’ बन्यो १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीत



अ+ अ-

काठमाडौँ। ‘अरेली काँडैले मलाई च्वास्सै’ लोकगीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । यो सँगै यस गीतले कीर्तिमान रचेको हो ।

गायिका शान्तिश्री परियारको एकल स्वर रहेको यो गीत शुक्रबार १० करोड क्लबमा प्रवेश गरेको हो । शान्तिश्रीले यो गीत वि.सं. २०८० को तीजमा सार्वजनिक गरेकी थिइन्‌ । डेढ वर्षको अवधिमा यो गीतले १० करोड भ्युज पाएको हो ।

१० करोड भ्यूजसहित पहिलो नेपाली लोकगीत बन्ने यो दौडमा वसन्त थापाको ‘सालको पात टपरी’ र खेम सेन्चुरीको ‘अरेली काँडैले मलाई च्वास्सै’बीच होड थियो । सम्बन्धित गीतका कलाकारले भ्यूज बढाउन पछिल्ला केही सातामा लिंकको धमाधम सेयर गरिरहेका थिए ।

नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको सङ्गीत रहेको छ । यस गीतको भिडियोमा गायक प्रकाश सुपुत र मोडल अञ्जली अधिकारी फिचर्ड छन् ।

हेर्नुहोस् भिडियो :