२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने News Polar पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत News Polar राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’ News Polar केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ News Polar नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट काँग्रेसलाई सशक्त बनाउनुपर्छ : सुरेन्द्रराज पाण्डे News Polar संविधान र व्यवस्था जोगाउन युवाहरू आन्दोलन र जेल जान तयार हुनुपर्छ : महेन्द्र यादव News Polar गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी News Polar कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने News Polar ७४ जिल्लामा स्क्रब टाइफस, नियन्त्रणका लागि सरकारको निगरानी तीव्र News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’

शवदाह संस्कार गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर

शवदाह संस्कार गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर
अ अ+ अ-

काठमाडौं । आफ्नो परम्परा, रीतिरिवाजअनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शवदाह संस्कार गर्न दिने गरी आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ताहरु रामेश्वरप्रसाद कोइराला, मनीषकुमार श्रेष्ठलगायतद्वारा दायर गरिएको रिट निवेदनमा कानुनमा आफ्नो रीतिरिवाज तथा कुल धर्मअनुसार शवको दाह संस्कार गर्नुपर्ने उल्लेख गरिएको भए पनि कोरोना भाइरसबाट मृत्यु भएकाको शव आफन्तलाई नदिई खाल्डोमा पुर्ने गरिएको जनाइएको छ । मुलुकी देवानी संहिता, २०७४ को दफा ३७ (१) र (२) मा भएको मृतकले मृत्यु हुनुअघि आफ्नो दाह संस्कार, काजकिरिया वा सद्गतको विधि निर्धारण गर्न सक्ने गरी भएको कानुनी अधिकारबाट वञ्चित हुनुपरेको रिट निवेदनमा उल्लेख छ ।

यसैगरी दफा ३७ को उपदफा (३) मा मृतकको हकवालाले प्रचलित परम्परा तथा संस्कारबमोजिम मृतकको दाहसंस्कार, काजकिरिया वा सदगत गर्नुपर्ने गरी अनिवार्य गरिदिएको कुरा रिट निवेदनमा स्मरण गराइएको छ । रिट निवेदनमा कानुनमा भएको यस्तो व्यवस्थाले प्रचलित परम्परा तथा संस्कारभन्दा बाहिर गएर अन्य कुनै तवरबाट सदगत गर्न नपाइने गरी बन्देज नै लगाइदिएको पनि जनाइएको छ । यसरी बन्देज लगाइएको भए पनि सरकारका जिम्मेवार पदाधिकारी तथा व्यक्तिहरुले कोरोना भाइरसबाट मृत्यु भएकाको शरीरलाई आफूखुसी गरी मृतकको आफन्तलाई थाहा नै नदिई डोजरले खाल्डो खनी पुर्ने गरिएको रिट निवेदनमा उल्लेख गरिएको छ ।

रिट निवेकदहरुले मृतकको आफन्तलाई अन्तिम बिदाइ गर्न दिनबाट वञ्चित गरेर सरकारले ज्यादै नै अन्यायपूर्ण कार्य गरिरहेको पनि उल्लेख गरेका छन् । दायर भएको रिट निवेदनमा विपक्षीको यस्तो कार्यले नेपालको संविधानको धारा २६ को उपधारा (१) मा उल्लेख भएको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रताको उल्लंघन भएको स्पष्ट गरिएको छ । विपक्षीको कार्यबाट प्रत्यक्ष÷अप्रत्यक्ष धारा २६ (३) बमोजिम धर्ममा खलल पर्नेलगायतका गतिविधिलाई प्रोत्साहन भइरहेको पनि रिट निवेदनमा दाबी गरिएको छ । यसैगरी संविधानको धारा ३२ मा रहेको संस्कृतिको हकमाथि पनि विपक्षीले उल्लंघन गरिरहेको उल्लेख छ । नेपाल समाचारपत्र दैनिक