९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

गाउँ रित्तिएर आउनसक्ने संकटबाट जोगिन गाउँमै आम्दानी र रोजगारीको व्यवस्था जरूरी: राष्ट्रपति

गाउँ रित्तिएर आउनसक्ने संकटबाट जोगिन गाउँमै आम्दानी र रोजगारीको व्यवस्था जरूरी: राष्ट्रपति
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको शक्तिको रुपमा रहेको श्रमशक्ति नै रित्तिएर आउन सक्ने राष्ट्रिय संकटबाट जोगाउनका लागि गाउँमै आम्दानी र रोजगारीेको व्यवस्था पहिलो आवश्यकता भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले लमजुङ सोतीपसलस्थित मंगला उच्च माविको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै गाँउ गाँउको माटोमा कृषि क्रान्ति गरी कृषि पेशालाई थोरै मेहेनत र श्रम खर्च गरेर बढी आम्दानी दिने सुशी पेशामा रुपान्तरण गरी कृषिजन्य उद्योग र नयाँ नयाँ उद्योग धन्दा गाउँगाउँमा खोल्ने प्रवन्ध गरी नेपालको वास्तविकतामा आधारित औधोगिक क्रान्तिको युग यहाँ ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले राजनीतिक परिवर्तन पछि आर्थिक विकास र समृद्धितर्फ सबैको ध्याान केन्द्रित हुनुपर्ने भन्दै गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘ राजनीतिक परिवर्तन पछि हाम्रो ध्यान आर्थिक विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्दछ । गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार हो । तर, आज म ताक्छु मुँढो बञ्चरो ताक्छ घुँडो भनेजस्तो जतिजति गाउँमा विकासका पूर्वाधार र आधुनिक सुविधा थपिदैछन् त्यति त्यति गाउँ रित्तिदैछन् । शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या बढ्नुको साटो घट्दो छ । ऊर्जाशील श्रमशक्ति रोजगारीको लागि विदेशिएको छ । उर्वर, उत्पादनशील र मनोरम गाउँवस्ती बाँझो बन्दै रित्तिएको छ । पछिल्लो समय गाउँबाट शहर र शहरबाट विदेशिने श्रृङ्खला अटुट छ ।’

राष्ट्रपति पौडेलले कृषि क्रान्तिका लागि हाम्रो शिक्षालाई उद्यमशीलतासीत जोड्नुपर्ने बताउँदै अलिकति अठोट गर्ने हो भने त्यो सम्भावना र हाम्रो जीवन यही प्रकृतिमा सुखी र खुशी हुन सक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘गाउँमा जुन सुविधा पुगेको छ त्योसँगै आम्दानी र रोजगारी कसरी पु¥याउने ? आजको यक्ष प्रश्न नै यही हो । यसका लागि कृषिको आधुनिकिकरण र व्यवसायिकीकरण गरी औधोगिकिकरणतर्फ फड्को मार्नुको विकल्प छैन ।’

उहाँले गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन तथा रोजगारी अभिवृद्धि, कृषि उत्पादनको निर्यात अनि कृषिमा आत्मनिर्भर बन्ने राष्ट्रिय अठोटको अवस्था सृजना गर्नुपर्ने आजको आवश्यकता भएको बताउँनुभयो । उहाँले उद्यामशीलतामा आधारित शिक्षा दिएर उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुुपर्ने र नीतिनिर्माता, सरकार र शिक्षण संस्थाको अर्जुनदृष्टि यसैमा केन्द्रित होस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले विदेश नगईकन मातृभूमिको माटोमा कृषि कर्म, उद्यम र व्यवसाय गरी लाखौ कमाउने गरेका कतिपय दृष्टान्तले आशा र उत्साह जगाउँने बताउँदै वास्तवमा देशको लागि उत्पादनशील जनशक्ति आवश्यक रहेको बतउँनुभयो । देश विकासको लािग कृषिलाई आधुनिकिकीकरण, व्यवसायीकरण र औधोगिकीकरण गर्ने खालको शिक्षा नै अहिलेको आवश्यकता भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो–‘हिमाल, पहाड र तराईको नेपालको हावा, पानी र माटो अनुपम छ । यसलाई उपयोग गरी मुलुकलाई आर्थिक विकासको क्षेत्रमा कायापलट गर्ने शिक्षा दिन जरुरी छ ।’

‘गाऊँबाट अस्थिर भएको मनलाई आधुनिक सेवा र सुविधा पु¥याएर गाऊँमा नै बसौं बसौं बनाउन म राजनीतिमा लागेको हुँ भनेर आफुले पहिलोचोटी चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर भनेको स्मरण गर्दै भन्नुभयो –‘ त्यसपछि गाउँमा बिजुली, पानी, बाटो, शिक्षा, स्वास्थ्यजस्ता आधुनिक सुविधासम्पन्न पूर्वाधार विकास गर्ने गरी ग्रामीण स्वालम्बनको कार्यक्रम शुरु गरियो । त्यसयताको अवधिलाई फर्केर हेर्दा गाउँमा आधारभूत सुविधाको प्रवन्ध पनि भयो । गाउँको जीवन फेरियो । उत्पादन बजारमा लैजाने अवस्था पनि बन्यो । तर, सुविधा पुगेर पनि आज गाउँ रित्तिने जुन दुःखद परिस्थिति देखापरिरहेछ यसलाई सामान्य रुपमा हेर्नुहुन्न । यही अवस्था विद्यमान रहनु मुलुकको लागि चिन्ताको विषय हो ।’

यता बाहुनपोखरा उता सूर्यपाल/टक्सार, अनि जीता सातधारे, बगुवा कुन्छा र रम्घा दुइपिप्ले बीचको उपत्यकामा बहने रीस्ती खोलाको साँधमा ६ दशक अघि विद्यालय स्थापना गरेर शिक्षाको ज्योति फैलाउने हाम्रा अग्रज धन्य छन् । यस क्षेत्रका अग्रजहरूको उत्साह र योगदानबाट स्थापित यो विद्यालयलाई अहिलेसम्म धानेर गण्डकी प्रदेशको नमूना विद्यालय बनाउने काममा जुट्ने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।

राष्ट्रपति पौडेलले आफू जन्मे हुर्किएको नेपालको मध्यभागमा अवस्थित यो सुरम्य रिस्ति उपत्यकामा उभिँदा म भावुक भएको बताउँदै बाहुनपोखराको एउटा किसानको छोरो आफ्नो लोकतान्त्रिक राजनीतिक निष्ठा, सिद्धान्त र आदर्शबाट कत्तिपनि बिचलित नभई जेलनेल, संघर्ष र यातनाको रत्तिभर पर्वाह नगरी आज जुन ठाउँमा पुगेको छु त्यसमा यही माटो, हावापानी र साथीसंगतको ठूलो योगदान भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो–‘त्यसैले म तपाईँहरूप्रति, सम्पूर्ण नेपाली र नेपालप्रति सदैव कृतकृत छु । देशको मध्यविन्दुमा रहेको यो मध्यनेपाल नगरपालिका र रिस्तीक्षेत्रलाई बहुआयामिक विकास अवधारणाअनुरुप रिस्ती उपत्यका एकिकृत विकास योजनाकारुपमा अघि बढाउनेतर्फ मेरो विशेष ध्यान रहने विश्वास दिलाउन चाहन्छु ।’