४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तीन वटै तहको सरकारको सहकार्यमा मुलुकमा रोजगारीको अवसर सृजना गरिनेछः मन्त्री यादव

तीन वटै तहको सरकारको सहकार्यमा मुलुकमा रोजगारीको अवसर सृजना गरिनेछः मन्त्री यादव
अ+ अ-

काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दाबी गर्नुभएको छ ।

बुधवार आफनो मन्त्रालयसम्बन्धि विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री यादवले नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचनालाई स्पष्ट पार्ने काममा सरकारले ध्यान दिएको पनि बताउनु भयो । उहाँले मन्त्रालयका लागि बजेटको आवश्यक्ता भएमा तत्काल निकासा गर्न सकिने अवस्था रहेको मन्त्री यादवको भनाई थियो  ।

उहाँले भन्नुभयो,‘स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा व्यवस्था गरिएको छ । हामी रिटर्नीको तथ्यांक संकलन गरी उहाँहरुके के सिकेर आउनुभएको हो ? कहाँ रुचि, कस्तो अवसर खोज्नुभएको हो ? भन्नेकुरा बुझ्नुपर्दछ । उनीहरुको क्षमताअनुसार मुलुकभित्र रोजगारीको अवसर सृजना गर्नका लागि आवश्यक कार्यक्रमको व्यवस्था गरिएको छ । बढदो माग भएको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी पठाउने गरी काम भइरहेको छ । बजेटमा धेरै महत्वपूर्ण सवालहरु समावेश भएका छन । तर, हामीले यो स्पष्टसँग भन्न आवश्यक छ कि–हामी केवल कार्यक्रम थप्ने चरणमा मात्रै छैनौ, हामी जग बसाउने चरणमा छौ । नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचना स्पष्ट नभएसम्म बजेट राखेर पनि खर्च गर्ने अवस्था हुँदैन । यो जग बसेपछि बजेट पनि त्यसरी नै बढाउँदै लैजानुपर्दछ । र, आवश्यक भएमा थप बजेट निकासा गर्न सकिन्छ ।’

मन्त्री यादवले विदेशमा गएकोहरुको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरुको तथ्यांक संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको बताउनु भयो ।