१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

जनताको समस्याप्रति सरकार गम्भिर नभएको सत्तारुढ रास्वपाका सांसदहरूको गुनासो

जनताको समस्याप्रति सरकार गम्भिर नभएको सत्तारुढ रास्वपाका सांसदहरूको गुनासो
अ अ+ अ-

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले नै जनताको जल्दाबल्दा समस्या समाधानका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाकी सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण समेत गराउनु भयो ।

उहाँले सडक बाटोको अभावमा झापा, हुम्ला, जुम्लालगायतका नागरिकहरुले ठूलो जोखिम उठाउनुपर्ने भएकाले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा ढिलाई गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो इलामबाट बतासे हुँदै मदन भण्डारी राजमार्गमा जोडिने रोड, यसले गर्दा ५ सय घरधुरीलाई सहज हुन्छ । नभए उहाँहरुले दुई घण्टा पर गएर फिक्कल हुँदै आउनु पर्दछ । तर त्यहाँबाट आधा घण्टामा बिर्तामोड आई पुगिन्छ । हामीले यस्तो किसिमको एकदमै रिष्कमा परेका, चुनौतिपूर्ण एउटा योजना पनि नपरेको देख्दाखेरी म छक्कै परेको छु । त्यसले गर्दा यहाँ हाम्रो पूर्वाधार मन्त्रीज्यू, त्यस्तै गरेर अर्थमन्त्रीज्यूलाई म यो अनुरोध गर्दछु–झापाको मात्रै होइन, जुम्ला, हुम्ला त्यस्ता बिकट, जहाँ एकदमै जनता चुनौतिपूर्ण भएर बस्नु परेको छ । बजेटको पुनरावलोकन गर्न अनुरोध गर्दछु ।’

सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रसायनिक मलको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । खेतीको समयमा किसानले मलको अभाव व्यहोर्दा पनि सरकारले उक्त समस्या समाधानका लागि चासो दिन नसकेको उहाँको गुनासो थियो । सांसद खनालले रसायनिक मलको वितरण पारदर्शी बनाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘ किसानहरु खेतीपातीको महत्वपूर्ण समयमा रसायनिक मलको अभावले दिनरातै छटपटाईरहेका छन । उहाँहरुको समस्या कसले बुझिदिने ? सभामुख महोदय । नेपालमा हाल ६० देखि ९१ प्रतिशत श्रम शक्ति कृषि क्षेत्रमा रहेको विभिन्न तथ्यांकहरुले देखाउँदछ । यस्तो अवस्थामा धान रोपाईंको मुख्य समयमा किसानले मल नपाउनु निकै दुखद विषय हो । मल उपलब्ध नहुँदा उत्पादनमा कमी आउने, किसानको लागत बढने तथा खाद्य सुरक्षामा नै असर पर्न जाने अवस्था सृजना भएको छ । त्यर्सैले सभामुख महोदयमार्फत गोर्खा जिल्ला लगायत सबै ठाउँमा मलको आपूर्ति सुनिश्चित गरियोस् ।’

सांसद विश्वराज पोखरेलले बाँदन नियन्त्रणका लागि विशेष  खालको कार्यक्रम ल्याउन सरकारलाई दवाव दिनुभयो । उहाँले ओखलढुंगा जिल्ला अस्पतालमा उचित उपचारको व्यवस्था नहुँदा नागरिकले अकालले ज्यान गुमाउनेपरेकोतर्फ पनि सरकारको ध्यानकर्षण गराउनु भयो ।

सांसद पोखरेलले भन्नुभयो, ‘जिल्ला अस्पताल ओखलढुंगामा उचित उपचार नहु्ँदा त्यहाँका नागरिकले अकालमा ज्यान गुमाउन परेको पीडाले पोल्ने गरेको छ । त्यसका लागि आवश्यक उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।  त्यसैगरी बाँदर आतंकबाट नागरिक ठूलो पीडामा परेका छ । यसको नियन्त्रण नहुने हो भने पूरै बस्ती खाली हुने अवस्थामा छ । त्यसैले बाँदर नियन्त्रणमा सरकारले विशेष ध्यान देओस् भनि सभामुखमार्फत सरकारसँग अनुसार गर्दछु ।’

सांसद पोखरेलको नागरिक मौलिक हकको सुनिश्चित गर्न पनि सरकारसँग माग गर्नुभयो ।