१४ माघ २०८१, सोमबार
,
Latest
सम्पती शुद्धीकरणको ग्रे लिस्टमा नेपाल परे पनि तत्काल निस्कन सक्ने ठाउँ छः गभर्नर अधिकारी सम्पती शुद्धीकरण निवारणका लागि अनुसन्धान र अभियोजनको कामलाई तिब्रता दिन जरुरीः अर्थमन्त्री पौडेल चार देशीय महिला फुटबल च्याम्पियनसिपका लागि ३९ खेलाडीलाई प्रशिक्षणमा बोलाइयो महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन यानिक सिन्नरले लगातार दोस्रो पटक अस्ट्रेलियन ओपन जिते दुई किशोरी मृत्युबारे गृहमन्त्रीको ध्यानाकर्षण उदयपुर बेलका क्षेत्रमा देखिन थाले गिद्ध नुन र मुटु रोगको सम्बन्ध टोकियोमा कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीप्रति जनता सकारात्मक छन्ः अध्यक्ष दाहाल



अ+ अ-

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताका पीरमर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उहाँले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताउनुभयो । “जनताले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर हामी लागेका छैनौँ”, उहाँले भन्नुभयो ।

सत्तारुढ राजनीतिक दलहरुमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका स्वीकार गर्दै तिनलाई सच्च्याएर अगाडि बढ्ने उहाँले जोड दिनुभयो । साथै उहाँले आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने बताउनुभयो ।