२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान News Polar मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा रवि लामिछानेद्वारा बधाई News Polar उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित News Polar महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन महाधिवेशनबाट पारित News Polar कांग्रेस महाधिवेशन : कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदन पारित News Polar मन्त्रिपरिषद्को बैठक जारी News Polar सन् २०३० सम्म मानव रेबिज मृत्यु शून्यमा झार्ने सरकारको लक्ष्य News Polar कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे News Polar पाँच घण्टा ढिलो गरी कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै

महामारीकोविरूद्ध ‘एकजुट’ हुनुपर्नेमा भेनेजुएला, क्युवाद्वारा जोड

महामारीकोविरूद्ध ‘एकजुट’ हुनुपर्नेमा भेनेजुएला, क्युवाद्वारा जोड
अ अ+ अ-

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार संयुक्त राष्ट्रसंघको महासभाको सम्बोधनमा विश्व कोरोनाभाइरस महामारीकोविरूद्ध ‘एकजुट’ हुनुपर्नेमा जोड दिनुभयो ।

संयुक्त राष्ट्रसंघका अन्वेषकहरूले मानवतासम्बन्धी अपराधको अभियोग लगाएका मदुरोले भिडियोमा रेकर्डमार्फत् पठाइएको सम्वोधनमा ‘आधिपत्य’ र ‘साम्राज्यवादी विचार’ विरुद्ध लड्न पनि उक्त अवसरमा आग्रह गर्नुभयो । 

उहाँले विश्वको स्वास्थ्य संगठनमा हस्तक्षेप अस्वीकार्य भन्दै कुनै देशको स्पष्ट नाम नदिई भन्नुभयो, “भेनेजुएलाले बहुपक्षीय विश्वलाई समर्थन गर्छ र अन्तर्राष्ट्रिय कानून लागू गर्ने र विश्वको जनतालाई कसरी जोगाउने व्यवस्था गर्ने भन्ने नयाँ राष्ट्रसंघीय प्रणालीको समर्थन गर्छ ।” 

“यो अपमान गर्ने, डब्ल्यूएचओलाई धम्की दिने समय होइन, अब यसको पक्षमा एकजुट हुने समय आएको छ,“ उहाँले भन्नुभयो ।

“विश्वले ७५ वर्ष अघि फासिवादलाई पराजित गरेको थियो । साम्राज्यवादी विचारको पक्षमा वर्चस्व खोज्नेहरुविरूद्ध पनि विश्वले जित्नेछ, र यो नव–फासीवादलाई हराउन सक्षम हुनेछ,” मदुरोले सम्बोधनमा भन्नुभयो । भेनेजुयलाको निर्वाचनमा विपक्षी समूहलाई सहभागिता नगराएको र निर्वाचन आफ्नो पक्षमा पार्न व्यापक धाँधली गरेको दावी गर्दै मदुरोलाई राष्ट्रपतिका रूपमा अमेरिका लगायत विश्वका करिब ५० मुलुकहरूले वैधानिकता दिएका छैनन् । 

मदुरो बुधवार संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभामा अर्को सम्वोधन गर्नुहुनेछ । मदुरोले सन् २०१८ पछि महासभामा भौतिक रूपमा उपस्थित हुनुभएको थिएन । 

क्युवाका विदेश मन्त्री ब्रुनो रोड्रिग्ज पर्रिलाले पनि आफ्नो सम्वोधनमा संयुक्त राष्ट्रसंघको ७५ औं सभामा बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानूनलाई सबैभन्दा ठूलो विश्वव्यापी शक्तिले खतरामा पारेको बताउनुभयो । 

“संयुक्त राज्य अमेरिकाको गैरजिम्मेवारपूर्ण व्यवहार अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा हो,” उहाँले भन्नुभयो । 

“यस्तो देखिन्छ कि (अमेरिका) यस ग्रह र यसका बासिन्दाहरूसँग युद्धमा छ,” रोड्रिग्ज पर्रिलाले क्युवामा वाशिंगटनले लगाएको “आर्थिक, व्यावसायिक र वित्तीय नाकाबन्दी” को विरोध गर्नुभयो ।