२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख

किन रोकियो भारतीय विदेश सचिवको नेपाल भ्रमण ?

किन रोकियो भारतीय विदेश सचिवको नेपाल भ्रमण ?
अ अ+ अ-

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण अन्तिममा आएर रोकिएको छ । परराष्ट्र स्रोतले दिएको जानकारी अनुसार यही वैशाख ३० गतेका लागि सो भ्रमण तय भएको थियो । तर, उनी नेपाल आउने कार्यक्रम हालका लागि स्थगित भएको जानकारी दुई दिन मात्र भारतीय पक्षबाट आएको स्रोतको दाबी छ ।

मिस्री नेपाल आउन चाहेको कुरा उनले नेपाली पत्रकारहरु समक्ष नै बताएका थिए । केही हप्ता अघि भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुसँग उनले नै आफू मे महिनाको दोस्रो सातातिर नेपाल भ्रमणमा जाने आसय राखेका थिए । त्यसपछि नेपाली मिडियाले भारतीय विदेश सचिव मिस्रीले नेपाल भ्रमण गर्न लागेको समाचार सार्वजनिक गरेका थिए ।

उनको यो भ्रमणको समाचारलाई परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको थियो । परराष्ट्रले पनि यही वैशाखको अन्तिम साता हुन लागेको भारतीय विदेश सचिवको नेपाल भ्रमणको तयारी थालिएको बताएको थियो ।

खासमा विदेश सचिव मिस्रीको यो भ्रमण प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनका लागि थियो । साथै नेपालमा नयाँ प्रधानमन्त्री बनेपछि भारतीय प्रधानमन्त्रीको सन्देश ल्याएर भारतका विदेश सचिव नेपाल आउने प्रचलन पनि हो । त्यही प्रचलनको निरन्तरता स्वरुप पनि उनी नेपाल आउन खोजेका थिए ।

सचिव मिस्रीको भ्रमणबारे नेपाल र भारतका विदेश मन्त्रालयले अधिकारिक घोषणा नगरेका भए पनि भित्री तयारी भने रहेको स्रोतको दाबी छ । दुवै पक्षले अनौपचारिक तयारी भइरहेको बताइरहेका थिए ।

मौरिससमा आयोजित एक कार्यक्रममा भारतका विदेशमन्त्री एस जयशंकरसँग परराष्ट्रमन्त्री शिशिर खनालले भेट गरेका थिए । सो भेटमा पनि सचिव मिस्रको नेपाल भ्रमण हुने बारेमा कुराकानी भएको थियो ।

त्यसपछि सचिव मिस्री स्वयं आफू नेपाल भ्रमणमा जान लागेको बताएका थिए । त्यसपछि भारतका लागि नेपालका पूर्व राजदूत डा शंकार शर्माले पनि मिस्रीको नेपाल भ्रमणको तयारी भएको बताएका थिए ।

विदेश सचिव मिस्रीको भ्रमण रद्द भएको जानकारी भारतीय मिडियाले आज दिएका छन् । भारतको एक समाचार समिति एएनआईले दुईदिने भ्रमणका लागि मिस्री यसै हप्ता काठमाडौँ अवतरण गर्ने तयारी थियो, तर यात्रा अप्रत्याशित रुपमा रद्द भएको छ भनेको छ । सो समाचार समितिले भारतीय विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गरेर सो समाचार सम्प्रेषण गरेको छ ।

तर सो समाचार समितिले भने लिपुलेकको विवाद नेपालले उठाएकाले भारतका विदेश सचिवले सो भ्रमण हाललाई रद्द गरेको बताएको छ । तर यस विषयमा दुवै देशका तर्फबाट कुनै आधिकारिक भनाई भने आएको छैन ।

यता परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको पत्रकार सम्मेलनमा भारतका विदेश सचिवको नेपाल भ्रमण स्थगितबारे राखिएको जिज्ञासामा प्रवक्ता लोकबहादुर क्षत्रीले भ्रमण रद्द हुनु र सीमा विवादबिच कुनै सम्बन्ध नरहेको बताएका थिए । तर उनले भ्रमण तय भइसकेको विषयमा भने स्पष्ट भन्न चाहेनन् ।

यतिखेर नै नेपाल र भारतकाबीचमा नेपालको भूभाग लिपुलेकको विषयमा विवाद चुलिएको छ । नेपालको सो भूभाग भारत र चीनले अनधिकृत रुपमा प्रयोग गरिरहेको विषय विगतमा पनि लामो समयदेखि उठ्दै आएकै थियो । अहिले पनि सोही विषयमा विवाद उत्पन्न भएको छ ।

यही भ्रमणकै समयमा यो विषय बाहिर आएकाले विदेश सचिवको नेपाल भ्रमण प्रभावित भएको हुनसक्ने आशंका पनि गरिएको छ । भारत र नेपालका तर्फबाट पनि यस्तो समयमा भ्रमण गर्दा सन्देश राम्रो नजान सक्ने भन्दै भ्रमण स्थगित गरिएको पनि भारतीय स्रोतको दाबी छ ।

भ्रणको तयारी भने स्थगित नभएको र द्धिपक्षीय कुराकानी भइरहेको बताउने परराष्ट्रका एक जना अधिकारीले उपयुक्त समयमा दुई देशबिच भ्रमण हुने कूटनीतिक भाषा प्रयोग गरे । ती अधिकारीले भने— त्यसका तयारी परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । कुनै बेला पनि भ्रमण हुन सक्छ । हामीले हाम्रा तर्फबाट विदेश सचिवको भ्रमणका लागि पहल गरिरहेका छौँ ।

मन्त्रालयकै एक स्रोतले भने प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेट निश्चित नभएपछि विदेश सचिव मिस्रीको भ्रमण स्थगित हुन पुगेको बतायो । सो स्रोतले भन्यो— अहिले सम्म नेपाल आएका भारतका सबै विदेश सचिवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् । जस्तो कि गत बर्ष अतिरिक्त सचिवकै रुपमा नेपाल आएका मिस्रीले पनि तत्कालीन प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिसँग नै भेट गरेका थिए । त्यसैले अहिले भेट्न नपाउँदा राम्रो सन्देश नजाने भएकाले भ्रमणमा नआएका हुन् ।

त्यस्तै परराष्ट्रकै अर्काे स्रोतले भने प्रधानमन्त्री वालेन्द्र शाह कम्तीमा एक बर्ष आफूले विदेश भ्रमण नगर्ने भएकाले उनैलाई भारत भ्रमणको निम्ता दिन आउन लागेका विदेश सचिवको भ्रमणको औचित्य नभएकाले अचानक भ्रमण रद्द भएको बतायो । सो स्रोतले यसअघि प्रधानमन्त्री शाहले आफू एक बर्ष विदेश नजाने कुरा सार्वजनिक नगरेकाले विदेश सचिव आउन लागेका तर प्रधानमन्त्री एक बर्ष भारत नजाने भएपछि निम्ता गर्न किन आउनुपर्यो भन्ने भएर भ्रमण रद्द भएको बतायो ।