२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध नेपाल ५२ रनमै अलआउट



अ+ अ-

काठमाडौँ ।आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपाल ५२ रनमै अलआउट भएको छ ।

नेपालले बंगलादेशलाई ५३ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपाल १८.२ ओभरमा ५२ रनमा अलआउट भयो ।

नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन जोडिन् । यस्तै, सिमाना केसीले १०, रिया शर्माले ५, एलिशा यादवले ४, तिर्सना विश्वकर्मा र रचना चौधरीले ३–३ रन जोडे ।

बलिङतर्फ बंगलादेशकी जन्नतुल मोउआले दुई तथा निशिता अक्तर निशि, फहोमिदा चोया र अनिसा अक्तर सोवाले एक–एक विकेट लिइन् । नेपालका ५ खेलाडी रनआउट भएका थिए ।

नेपालको समूहमा स्कटल्यान्ड, बङ्गलादेश र अस्ट्रेलिया छन् । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग खेल्नछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।