२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान News Polar मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा रवि लामिछानेद्वारा बधाई

आजदेखि राहु केतुकाे राशि परिवर्तन, आगामी १८ महिना कुनकुन राशिलाई हुन्छ फाइदा ?

आजदेखि राहु केतुकाे राशि परिवर्तन, आगामी १८ महिना कुनकुन राशिलाई हुन्छ फाइदा ?
अ अ+ अ-

राहु र केतुकाे चाल २०७७ असाेज ७ गते आज बुधबारदेखि परिवर्तन भएकाे छ । राहु र केतु दुबै छायाँ ग्रह हुन् । यी दुबै सदैब आमने सामने हुन्छन् । धर्मग्रन्थमा यी २ ग्रहलाइ लिएर अनेक कथा पाइन्छन् । ज्याेतिषशास्त्रमा यी २ ग्रहलाइ पाप ग्रहका रूपमा लिइन्छ । यी ग्रह १८ महिनामा एक राशिबाट अर्काे राशिमा प्रवेश गर्दछन् । यी राशि नाेक्सानदायक मात्र छैनन् फलदायक पनि छन् । हेराैं यी २ राशिका कारण तपाइँकाे राशिमा के कस्ता असर पर्छन् ।

मेष राशिः

राहु केतुकाे गाेचर तपाइँका लागि त्यति लाभदायक वा अनुकूल छैन । आर्थिक मामलामा तपाइँ निकै सावधानीका साथ अघि बढ्नु पर्दछ । ऋण लिनुअघि विचार गर्नु पर्छ । स्वास्थ्यमा उतार चढाव यथावत रहनेछ । कुनै न कुनै कारणले मानसिक तनाब रहिरहन्छ । पारिवारिक जीवनमा उल्झन रहनेछ ।

वृष राशिः

तपाइँलाइ आगामी १८ महिना निकै सचेत रहनु पर्दछ । कसैप्रति अधिक भराेसा गर्दा हानि पुग्नेछ । निकट सम्बन्धीसँग मनमुटाब हुन सक्दछ । खर्च बढ्नेछ । बिना जरूरी खर्च भइरहनेछ तर धन निरन्तर प्राप्त हुने भएकाले सन्तुलन कायम हुनेछ । कतिपय अवस्थामा कुनै कुराले निकै निराशा उत्पन्न गराउनेछ ।

मिथुन राशिः

तपाइँलाइ राहु केतुले याे अवधिमा सालाखाला प्रभाव पार्नेछ । मन अशान्त हुन्छ, अकारण नै यात्रा हुन सक्नेछ । अचानक खर्च पनि हुन सक्छ, तर केतुकाे अनुकूल प्रभावका कारण परिश्रम गरे धन लाभ हुनेछ । विगतदेखिका कतिपय दुःखकष्ट हटेर जानेछन् ।

कर्कट राशिः

तपाइँलाइ राहु केतुकाे याे अवधि निकै सुखद रहनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ। गाडी खरिद गर्ने याेजना भए त्याे पूरा हुनेछ । विदेश भ्रमणकाे याेग छ । पारिवारिक जीवनमा उथलपुथल हुने सम्भावना छ । सन्तान पक्षलाइ लिएर केही चिन्ताकाे स्थिति बन्न सक्दछ ।

सिंह राशिः

तपाइँका लागि राहु केतुकाे याे संचार तनाव ल्याउन सक्दछ । आय कम र खर्च बढी हुन्छ । बनिसकेका काम पनि अट्किने सम्भावना छ । घर परिवारमा रहेका उल्झनले तपाइँकाे मन अशान्त भइरहने छ । नाेकरी, व्यवसायमा कुनै जाेखिम लिनु ठीक हुने छैन । मनलाइ संयमित राख्नुहाेस् ।

कन्या राशिः 

याे समय ठिकठिकै छ । निजी स्वास्थ्य प्रति ध्यान दिनु जरूरी छ । व्यवस्ता अधिक हुन्छ, परिश्रम पनि खुब गर्नु पर्नेछ । आम्दानी ठीकै हुनेछ, काराेबारमा जाेखिम नलिनु उचित हुनेछ भने लाभ निरन्तर मिल्नेछ । नातेदारका कुरालाइ लिएर कठिनाइ भइरहनेछ । वाहन सुखकाे याेग छ ।

तुला राशिः

तपाइँकाे खर्च बढेर जानेछ, तर आम्दानी सामान्य हुनेछ । स्वास्थ्यमा ध्यान दिनु उपयुक्त हुनेछ । खानपान र सरसफाइमा विशेष ध्यान दिनु ठीक हुन्छ । निकट सम्बन्धीसँगकाे व्यवहारबाट कष्ट हुन सक्नेछ ।

वृश्चिक राशिः

केतु तपाइँकाे शिरबाट सवार हुनेछन् अर्थात राशिकाे आसनमा बसेका हुनेछन् । जबकी राहु तपाइँकाे पैतालामा हुनेछन् । यस्ताे अवस्थामा तपाइँले गैर जरूरी यात्रा गर्नुपर्ने हुन सक्छ । ग्रहदशा राम्रा रहेमा विदेश यात्रा पनि हुन सक्नेछ । काराेबारमा र परिवारमा पार्टनर एवं सहकर्मीसँग निकै संयमतासँग व्यवहार गर्नु पर्नेछ किनकी उनीहरूसँगकाे सम्बन्ध खराब हुने संभावना छ । बजेटमा पनि ध्यान दिनुहाेस् ।

धनु राशिः

तपाइँका लागि राहु केतुकाे ग्रह शुभ रहनेछ । आर्थिक मामलामा गरिएका प्रयास सफल हुने सम्भावना छ । खर्च हुन्छ तर त्याे सार्थक हुने भएकाले कुनै चिन्ता हुँदैन । मित्रहरू एवं निकटस्थकाे साथ मिल्नेछ । विराेधी पक्ष कमजाेर हुनेछन् । प्रतियाेगितामा सफलता प्राप्त हुनेछ ।

मकर राशिः

निकट सम्बन्धीसँगकाे सम्बन्धलाइ लिएर निकै संयमित हुनु पर्नेछ । बन्दै गरेका कार्यमा पनि बाधा आउन सक्नेछ । विराेधीका कारण मानसिक कष्ट हुनेछ । स्वास्थ्यमा पनि समस्या रहनेछ । कुनै ठूलै खरिद गर्ने सम्भावना छ ।

कुम्भ राशिः

आम्दानी कम र खर्च बढी हुने भएकाले मन अशान्त र दुःखित हुन सक्नेछ । कुनै पनि ठूलाे काराेबार साेच विचार गरेर मात्र गर्नु ठीक हुनेछ । सवारी साधन खरिद गर्न सकिनेछ तर चलाउँदा विशेष ध्यान दिनु जरूरी छ, जाेखिम लिनु हुँदैन । काराेबारमा उतारचढाब आइरहनेछ । कुनै मांगलिक कार्यमा सहभागी हुने सम्भावना छ, तर खर्च बढी हुनेछ ।

मीन राशिः

याे राशिका व्यक्तिलाइ राहु केतुका यी ग्रह शुभ फलदायक र मंगलकारी रहनेछन् । आयमा वृद्धि हुनेछ, काराेबारमा उन्नति र नाेकरीमा पदाेन्नतिकाे संभावना छ । व्यस्तता अधिक रहनेछ, जाेखिमयुक्त काम गर्दा ध्यान दिनु पर्नेछ, र दुर्घटनाप्रति सतर्क रहनुहाेस् । मान सम्मान बढ्नेछ ।