• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन् ★   समितिमा सहमति नभए बजेटमा पनि अवरोध हुन्छ: कांग्रेस ★   काँग्रेस सभापति र महामन्त्रीको कारण वार्तामा सहमति जुट्न सकेन: महेश बर्तौला ★   द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता ★   आईपीएल २०२४ मा बनेका १३ कीर्तिमानहरु ★   एकै याममा तीन पटक सगरमाथा आरोहण गरेकी पूर्णिमालाई काठमाडौँमा स्वागत ★   ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै  ★   डुबान रोक्न कोशीको ढोका खोल्ने विषयमा दुवै देशबीच समन्वय गर्न जरुरी: महानिरीक्षक अर्याल

आजदेखि राहु केतुकाे राशि परिवर्तन, आगामी १८ महिना कुनकुन राशिलाई हुन्छ फाइदा ?



राहु र केतुकाे चाल २०७७ असाेज ७ गते आज बुधबारदेखि परिवर्तन भएकाे छ । राहु र केतु दुबै छायाँ ग्रह हुन् । यी दुबै सदैब आमने सामने हुन्छन् । धर्मग्रन्थमा यी २ ग्रहलाइ लिएर अनेक कथा पाइन्छन् । ज्याेतिषशास्त्रमा यी २ ग्रहलाइ पाप ग्रहका रूपमा लिइन्छ । यी ग्रह १८ महिनामा एक राशिबाट अर्काे राशिमा प्रवेश गर्दछन् । यी राशि नाेक्सानदायक मात्र छैनन् फलदायक पनि छन् । हेराैं यी २ राशिका कारण तपाइँकाे राशिमा के कस्ता असर पर्छन् ।

मेष राशिः

राहु केतुकाे गाेचर तपाइँका लागि त्यति लाभदायक वा अनुकूल छैन । आर्थिक मामलामा तपाइँ निकै सावधानीका साथ अघि बढ्नु पर्दछ । ऋण लिनुअघि विचार गर्नु पर्छ । स्वास्थ्यमा उतार चढाव यथावत रहनेछ । कुनै न कुनै कारणले मानसिक तनाब रहिरहन्छ । पारिवारिक जीवनमा उल्झन रहनेछ ।

वृष राशिः

तपाइँलाइ आगामी १८ महिना निकै सचेत रहनु पर्दछ । कसैप्रति अधिक भराेसा गर्दा हानि पुग्नेछ । निकट सम्बन्धीसँग मनमुटाब हुन सक्दछ । खर्च बढ्नेछ । बिना जरूरी खर्च भइरहनेछ तर धन निरन्तर प्राप्त हुने भएकाले सन्तुलन कायम हुनेछ । कतिपय अवस्थामा कुनै कुराले निकै निराशा उत्पन्न गराउनेछ ।

मिथुन राशिः

तपाइँलाइ राहु केतुले याे अवधिमा सालाखाला प्रभाव पार्नेछ । मन अशान्त हुन्छ, अकारण नै यात्रा हुन सक्नेछ । अचानक खर्च पनि हुन सक्छ, तर केतुकाे अनुकूल प्रभावका कारण परिश्रम गरे धन लाभ हुनेछ । विगतदेखिका कतिपय दुःखकष्ट हटेर जानेछन् ।

कर्कट राशिः

तपाइँलाइ राहु केतुकाे याे अवधि निकै सुखद रहनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ। गाडी खरिद गर्ने याेजना भए त्याे पूरा हुनेछ । विदेश भ्रमणकाे याेग छ । पारिवारिक जीवनमा उथलपुथल हुने सम्भावना छ । सन्तान पक्षलाइ लिएर केही चिन्ताकाे स्थिति बन्न सक्दछ ।

सिंह राशिः

तपाइँका लागि राहु केतुकाे याे संचार तनाव ल्याउन सक्दछ । आय कम र खर्च बढी हुन्छ । बनिसकेका काम पनि अट्किने सम्भावना छ । घर परिवारमा रहेका उल्झनले तपाइँकाे मन अशान्त भइरहने छ । नाेकरी, व्यवसायमा कुनै जाेखिम लिनु ठीक हुने छैन । मनलाइ संयमित राख्नुहाेस् ।

कन्या राशिः 

याे समय ठिकठिकै छ । निजी स्वास्थ्य प्रति ध्यान दिनु जरूरी छ । व्यवस्ता अधिक हुन्छ, परिश्रम पनि खुब गर्नु पर्नेछ । आम्दानी ठीकै हुनेछ, काराेबारमा जाेखिम नलिनु उचित हुनेछ भने लाभ निरन्तर मिल्नेछ । नातेदारका कुरालाइ लिएर कठिनाइ भइरहनेछ । वाहन सुखकाे याेग छ ।

तुला राशिः

तपाइँकाे खर्च बढेर जानेछ, तर आम्दानी सामान्य हुनेछ । स्वास्थ्यमा ध्यान दिनु उपयुक्त हुनेछ । खानपान र सरसफाइमा विशेष ध्यान दिनु ठीक हुन्छ । निकट सम्बन्धीसँगकाे व्यवहारबाट कष्ट हुन सक्नेछ ।

वृश्चिक राशिः

केतु तपाइँकाे शिरबाट सवार हुनेछन् अर्थात राशिकाे आसनमा बसेका हुनेछन् । जबकी राहु तपाइँकाे पैतालामा हुनेछन् । यस्ताे अवस्थामा तपाइँले गैर जरूरी यात्रा गर्नुपर्ने हुन सक्छ । ग्रहदशा राम्रा रहेमा विदेश यात्रा पनि हुन सक्नेछ । काराेबारमा र परिवारमा पार्टनर एवं सहकर्मीसँग निकै संयमतासँग व्यवहार गर्नु पर्नेछ किनकी उनीहरूसँगकाे सम्बन्ध खराब हुने संभावना छ । बजेटमा पनि ध्यान दिनुहाेस् ।

धनु राशिः

तपाइँका लागि राहु केतुकाे ग्रह शुभ रहनेछ । आर्थिक मामलामा गरिएका प्रयास सफल हुने सम्भावना छ । खर्च हुन्छ तर त्याे सार्थक हुने भएकाले कुनै चिन्ता हुँदैन । मित्रहरू एवं निकटस्थकाे साथ मिल्नेछ । विराेधी पक्ष कमजाेर हुनेछन् । प्रतियाेगितामा सफलता प्राप्त हुनेछ ।

मकर राशिः

निकट सम्बन्धीसँगकाे सम्बन्धलाइ लिएर निकै संयमित हुनु पर्नेछ । बन्दै गरेका कार्यमा पनि बाधा आउन सक्नेछ । विराेधीका कारण मानसिक कष्ट हुनेछ । स्वास्थ्यमा पनि समस्या रहनेछ । कुनै ठूलै खरिद गर्ने सम्भावना छ ।

कुम्भ राशिः

आम्दानी कम र खर्च बढी हुने भएकाले मन अशान्त र दुःखित हुन सक्नेछ । कुनै पनि ठूलाे काराेबार साेच विचार गरेर मात्र गर्नु ठीक हुनेछ । सवारी साधन खरिद गर्न सकिनेछ तर चलाउँदा विशेष ध्यान दिनु जरूरी छ, जाेखिम लिनु हुँदैन । काराेबारमा उतारचढाब आइरहनेछ । कुनै मांगलिक कार्यमा सहभागी हुने सम्भावना छ, तर खर्च बढी हुनेछ ।

मीन राशिः

याे राशिका व्यक्तिलाइ राहु केतुका यी ग्रह शुभ फलदायक र मंगलकारी रहनेछन् । आयमा वृद्धि हुनेछ, काराेबारमा उन्नति र नाेकरीमा पदाेन्नतिकाे संभावना छ । व्यस्तता अधिक रहनेछ, जाेखिमयुक्त काम गर्दा ध्यान दिनु पर्नेछ, र दुर्घटनाप्रति सतर्क रहनुहाेस् । मान सम्मान बढ्नेछ ।