२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षि गठबन्धनमा सहभागी भएर रास्वपाले गल्तिलाई निरन्तरता दियोः मुकुल ढकाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले विपक्षि गठबन्धनमा रास्वपा सहभागी भएर गल्तिलाई निरन्तरता दिएको आरोप लगाएका छन् ।

रास्वपा सरकारको मात्र विपक्षि नभई काङ्ग्रेस–एमाले–माओवादी लगायत सबै दलको विपक्षि भएको जनाउँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘रास्वपा विपक्षि हो, तर सरकारको मात्र विपक्षि होइन, काङ्ग्रेस–एमाले–माओवादी र यिनीहरूबाट टुटेफुटेका सबै दलको विपक्षि हो । ‘नो नट अगेन’ पूरानालाई बोकेर कतै पुगिन्न ।’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

यस्तै, उनले अगाडि भनेका छन्– ‘दुइ दुइ पटक सरकारमा गएर गरेको गल्ती, विपक्षि गठबन्धनमा सहभागी हुनु पनि त्यहि गल्तिको निरन्तरता हो । नो नट अगेन भनेर हामीले मत पाएको तथ्य हामीले बिर्सन हुँदैन । बारम्बार एउटै गल्ती दोहोर्याउँदा जनमत हामीबाट भड्कन सक्छ, सचेत बनौँ ।’

साथै ढकालले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यार्ल जुन स्थानमा आसन ग्रहण गराइएको थियो त्यसलाई लिएर पनि असन्तुष्टि जनाएका छन् ।

उनले समाजिक सञ्जालमा विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनको तस्बिर राख्दै भनेका छन्– ‘यो मञ्चमा हाम्रो उपस्थिति चित्त बुझ्ने कुरा होइन । त्यसमाथि, चौँथो शक्तिको का. सभापतिको कुर्सी जता राखियो, त्यो पनि अपमानजनक छ । ’