२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्थ लण्डन डर्बी: आर्सनलले टोटेनहमलाई हरायो



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।

केहिबेर अघि सम्पन्न खेलमा आर्सनलले शहरी प्रतिद्वन्दी टोटेनहमलाई २-१ गोलले हराएको हो ।

खेलको २५ औं मिनेटमा हेउङ सनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा टोटेनहमका डोमिनिक सोलाङ्कीले आत्मघाती गोल गरेपछि आर्सनल १-१ गोलको बराबरीमा आयो । आर्सनलका डिफेन्डर गाब्रीएलले हेडरमार्फत प्रहार गरेको बलमा सोलाङ्कीको आत्मघाती गोल हुन पुग्यो ।

४४ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै घरेलु टोलि आर्सनललाई २-१ ले अघि बढाए । दोस्रो हाफमा कुनै टोलिले गोल गर्न सकेनन् र ‘नर्थ लण्डन डर्बी’मा आर्सनल विजयी बन्यो ।

जितसँगै आर्सनल अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको २१ खेलबाट ४३ अङ्क छ । टोटेनहम २४ अङ्कका साथ १३ औं स्थानमा छ ।