१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनको असर कम गर्दै हिमालको अस्तित्व र पहिचान जोगाउनुपर्ने चुनौती रहेको बताउनुभएको छ ।

आय यहाँ आयोजित एभरेष्ट टुरिजम अवार्ड, २०२५ का अवसरमा पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने व्यक्तित्वलाई सम्मान गर्दै उहाँले धनी मुलुकले गरिरहेको भौतिक विकासको प्रतिस्पर्धामा हामीसँग हिमाल जोगाउने चुनौती रहेको बताउनुभएको हो ।

“हिमालको हिउँ पग्लँदै गर्दा हिमाल, पहाड र तराईमा मात्रै असर गर्दैन, यसले समुन्द्रसम्म र समग्र पृथ्वीमा असर गर्छ, त्यसैलै विश्वको पारिस्तिथिक प्रणाली जोगाउन पनि हिमाल बचाउनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । मन्त्री पाण्डेले मन्त्रालय यसका लागि सदैव तयार रहेको उल्लेख गर्दै हिमाल जोगाउन निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल भौतिक र पुरातात्विक संस्कृतिले धनी रहेको बताउँदै उहाँले सांस्कृतिक विविधताको सदुपयोग गर्दै पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो । “आज मुलुकको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउनुहुने व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ“, मन्त्री पाण्डेले भन्नुभयो, “उहाँहरुले कोरेको पर्यटनको बाटोबाटै पर्यटन क्षेत्रको विकास सम्भव छ ।” रासस