२९ फाल्गुन २०८१, बिहीबार
March 13, 2025 Thursday

12.29°C

काठमाडौं

12.29°C

Kathmandu

Feels-like: 10.98

Wind: 1.58

Humidity: 54

Latest
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई इरानद्वारा पत्राचार युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर, २५ वर्षयताकै उच्च : डब्लुएचओ रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ आमाबाट छुट्टिएको छावाको उद्धार ट्रम्पको चेतावनी : युरोपबाट आयात हुने मदिरामा २०० प्रतिशत कर लगाइने स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते नेपालले महिला तथा बालिकाको सशक्तीकरण र समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाञ्चलमा आज तिला सङ्क्रान्ति मनाइँदै



तराईमा कुहिरो महेन्द्रनगर (धनुषा), १९ पुसः जनकपुरधाममा शुक्रबार बिहान लागेको बाक्लो कुहिरो । केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँ अधिक चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ। तस्बिरः निरंजनकुमार साह÷रासस
अ+ अ-

जलेश्वर, (महोत्तरी) । मिथिलाञ्चल क्षेत्रमा आज तिला सङ्क्रान्ति (माघेसङ्क्रान्ति) पर्व मनाइँदैछ ।

आज बिहानैदेखि तिला सङ्क्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा धुमधामसँग मनाइने जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव राउतले बताउनुभयो ।

प्रत्येक वर्ष माघ १ गतेका दिन यस क्षेत्रका प्रत्येक सदस्यले चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन छ भने खिचडी र दही, चिउराको भोजन गर्ने चलन रहेको जलेश्वर–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । सोही अनुसार आज घरघरमा सो पर्व मनाइने उहाँको भनाइ छ ।

मिथिला क्षेत्रमा अनादीकालदेखि माघ १ गतेको बिहान घरका सदस्य जागेर नित्यक्रमपछि नुहाउने र सोही बेलादेखि चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन रहेकाले बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलभरि तिला सङ्क्रान्ति मनाउन थालिएको जलेश्वर–८ का पण्डित बद्रीनारायण झाले बताउनुभयो ।

यहाँका गृहिणीले केहीदिन अघिदेखि तिल, चिउरा र भुजाको लड्डु बनाउने चलन रहेको विनिता देवीले बताउनुभयो । “महिलाको समूहले एकले अर्कोलाई सहयोग गर्दै टोलभरिका घरमा गएर चिउरा, भुजा र तिलमा सख्खर हालेर लड्डु बनाइदिने चलन छ, सोही कारण यसलाई आपसी मेलमिलापको पर्व पनि भन्ने गरिन्छ”, उहाँले भन्नुभयो ।

घरका ज्येष्ठ सदस्यले अरबा चामल, तिल र सख्खर मिसाएर प्रसाद बनाई कुल देवतालाई चढाउने र पछि सोही सामग्रीबाट घरका सबै सदस्यलाई प्रसाद दिँदै ९हमर तिल बहवे० अर्थात् ‘मेरो आउँदो दिनमा मलाई साथ दिन्छौँ, मैले भनेको गर्छौं’ भन्ने चलन रहेको जलेश्वर–२ की अञ्जु यादवले बताउनुभयो ।

चिउरा, भुजा र तिलबाट बनाइएका विभिन्न प्रकारका लड्डुहरू घरका सबैले खानुका साथै आफन्त, नातेदार र कुटुम्बलाई पनि कोसेली पठाउने चलन रहेको उहाँले जानकारी दिनुभयो । (रासस)