८ भाद्र २०८३, सोमबार
,
Latest
भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुट होईन पार्टी बलियो बनाऔ:अब्दुल सत्तार



अ+ अ-

बर्दिया । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले नेता तथा कार्यकर्ताहरुलाई गुट भन्दा पार्टी बलियो बनाउन आग्रह गर्नुभएको छ । बर्दियामा नेता तथा कार्यकताहरुसंगको अन्तरसम्बादमा नेता सत्तारले गुट भन्दा पार्टी बलियो बनाउन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो -पार्टी सांगठिनक रुपमा कमजोर छैन र आपसीद्धन्द्धका कारण नै सोचेजस्तो नतिजा आईरहेको छैन । चौधौ महाधिबेशन पछि काँग्रेस चार अभियान लिएर जनताका बिचमा गएको स्मरण गर्दे उहाँले अहिले नै मिसन ८४ भनेर आत्तिनु पर्ने अबस्था नरहेको बताउनु भयो ।

नेता सत्तारले मिसन ८४ भन्दा अगाडी पार्टीको १५ औ महाधिबेशन आउने हुँदा स्वच्छ छबि भएका नेता चयन गरे जनताले खोजेजस्तो काग्रेस बन्ने र नतिजा पनि सकारात्मक आउने बताउनु भयो ।

उहाँले स्थानिय नेताहरुलाई जनताका बिचनमा पुग्न आग्रह गर्ने पार्टीको अभियानलाई सफल बनाउन सुझाब दिनुभयो । सांगठनिक रुपमा बलियो रहे पनि बर्दीया जिल्लामा चुनावी परिणाम सोचे जस्तो हुन नसकेको बिषयमा पनि गम्भिर समिक्षा गर्न आग्रह गर्नुभयो ।