१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह

नियम कसका लागि ?, खोप केन्द्रबाटै सङ्क्रमण फैलने जोखिम

नियम कसका लागि ?, खोप केन्द्रबाटै सङ्क्रमण फैलने जोखिम
अ अ+ अ-

काठमाडौँ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा समेत बढ्दै गएकाले सो को रोकथाम तथा नियन्त्रण, निदान र उपचारका लागि आदेश जारी गरिएको सरकारले बताएको छ । तर जारी गरेको आदेशलाई सरकार आफैँले उल्लङ्घन गरेको छ ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका विद्यार्थी, फ्रन्टलाइनरहरुलाई कोभिड–१९ को खोप लगाउने कार्यक्रममा विद्यार्थीहरुको लाइन हेर्दा नै त्यस्तो आदेश वा नियमको उल्लङ्घन भएको प्रस्टै देखिन्छ । आदेशमा कुनै पनि सामान अनावश्यक रूपमा छुन नपाइने तथा दुई व्यक्तिका बीचमा कम्तीमा पनि दुई मिटर दूरी कायम गर्न एवं मास्क अनिवार्य, पटकपटक साबुन पानीले हात धुने, सेनिटाइज गरी सञ्चालन गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।

साथै २५ जनाभन्दा बढीको भिडभाड नगर्न पनि आदेश गरिएको छ । विश्व निकेतनमा विद्यार्थीहरुको लाइन हेर्दा त्यहाँ दुई मिटरको दूरी कायम गरेको देखिँदैन । विद्यार्थीको लाइन हेर्दा त्यहाँ २५ जनाभन्दा बढी नै विद्यार्थी रहेको देखिन्छ । हुन त सरकारले त्यस्ता आदेश पालना गर्न लगाउने कर्तव्य सञ्चालकको रहेको बताएको छ । तर सरकारले नै विद्यालयहरुमा विद्यार्थीलाई खोप लगाइरहेको छ ।

त्यसैले आदेश पालना भए नभएको अनुगमन, निरीक्षण गर्ने दायित्व सरकारको पनि हो । यसरी एकातिर अत्यन्त सङ्क्रामक भनिएको ओमिक्रोन भेरिएन्टको रोकथामका लागि आदेश जारी गरिएको भनिए पनि सरकारले नै आदेशको उल्लङ्घन गरेको देखिन्छ । यस्ता क्रियाकलाप भइरहँदा सरकार मूकदर्शक बनिरहेमा कोभिड महामारी नियन्त्रण गर्ने सरकारको प्रयास निरर्थक मात्र हुन जान्छ ।