• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा



काठमाडौँ । नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । ‘खुकुरी रम’ प्रिमियम वर्गको मदिरा हो । 

रमका पारखीहरुले ‘खुकुरी रम’ मा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेका छन् । ग्राहकहरुको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट समीश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको हो । 

यसअघिका वर्षहरुमा जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ निर्यात हुने गरेको थियो । त्यहाँ निकै नै रुचाइएको गुणस्तरीय उत्पादन नै अहिले नेपाली बजारमा ल्याइएको हो । यो नयाँ स्वादको रम बजारमा उतार्नुअघि नेपालका विभिन्न क्षेत्र र विशेष गरी बुटवल र भैरहवामा ट्रायल गरिएको थियो । विशेष गरी ‘खुकुरी स्पाइस्ड रम’ निट वा कोलासँग पिउन ग्राहकहरुले औधी मन पराएको सो क्रममा पाइएको थियो । 

प्रिमियम ‘खुकुरी रम’को तुलनामा विभिन्न थप उत्कृष्ट पदार्थ प्रयोग हुने र उत्पादनको प्रक्रिया समेत लामो र केही फरक हुने भएकोले ‘खुकुरी स्पाइस्ड रम’को बजार मूल्य ‘खुकुरी रम’को भन्दा केही बढी हुने उत्पादक कम्पनी ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिनुभएको छ । ‘यो प्रिमियम क्याटेगोरीको विशेष उत्पादन हो । त्यसैले स्वाद र गुणस्तरमा अझ विशेष छ ।’–महाप्रबन्ध लामिछानेले भन्नुभयो । 

विशेष रुपमा तयार गरिएको ‘स्पाइस्ड रम’ उत्पादन क्षमता र उत्पादन जटिलताले गर्दा सीमित परिमाणमा मात्र बजारमा जानेछ । चालु आर्थिक वर्षमा बढीमा ६ देखि ७ हजार केससम्म मात्र ‘स्पाइस्ड रम’ बजारमा पठाउन सकिने लामिछानेले जानकारी दिनुभयो । ‘स्पाइस्ड रम’ को उत्पादन क्षमता आगामी वर्षदेखि भने बढाउन प्रयास गरिने उहाँको भनाई छ । 

‘आफ्ना ग्राहकहरुको अपेक्षाअनुसार यो नयाँ प्रडक्ट ल्याउन सफल हुँदा हामीलाई खुशी लागेको छ ।’ उहाँले भन्नुभयो–‘साथै आगामी दिनमा पनि ग्राहकहरुका लागि सदैव उच्च गुणस्तरको रम उत्पादन गर्न हामी प्रतिबद्ध छौं ।’