• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ ★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

चीनको जन्मदर रेकर्ड न्यून



बेइजिङ । मुख्यभूमि चीनको जन्मदर सन् २०२१ मा प्रति एक हजारमा ७.५२ को न्यून रेकर्डमा झरेको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ । जन्मदर गिरावटको प्रवृत्तिलाई गति दिएपछि बेइजिङले गत वर्ष तीन वटा बच्चा जन्माउन अनुमति दिएको थियो  । 

वृद्ध जनसङ्ख्याको तीव्रतालाई कम गर्न चीनले सन् २०१६ मा आफ्नो दशक पुरानो एक बाल नीतिलाई खारेज गर्दै दुई बच्चा जन्माउन पाइने नीति ल्याएको थियो । यद्यपि धेरै दम्पतीहरु जीवनको उच्च लागतका कारण धेरै बच्चा जन्माउन चाहँदैनन् । 

तथ्याङ्क ब्यूरोले तथ्याङ्क सङ्कलन गर्न थालेपछि सन् १९४९ पछि पछिल्लो जन्मदर सबैभन्दा कम थियो। चीनको जनसङ्ख्याको प्राकृतिक वृद्धि दर (जसमा आप्रवासन समावेश छैन) सन् २०२१ मा ०.०३४ प्रतिशत मात्र थियो । यो सन् १९६० यताकै न्यून हो।

“जनसाङ्ख्यिकीय चुनौती राम्ररी थाहा छ तर जनसङख्या वृद्धावस्थाको गति स्पष्टरूपमा अपेक्षितभन्दा छिटो छ”, पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख झिवेइ जाङले भने, “यसले सन् २०२१ मा चीनको कुल जनसङ्ख्या चरम सीमामा पुगेको हुनसक्छ भनी सुझाव दिन्छ। यसले चीनको सम्भावित वृद्धि अपेक्षितभन्दा चाँडै सुस्त हुने सङ्केत पनि गर्छ ।”

चीनमा सन् २०२१ मा एक करोड छ लाख २० हजार लाख जन्म भएको तथ्याङ्कले देखाएको छ । सन् २०२० मा यो आँकडा एक करोड २० लाख थियो । सन् २०२० मा जन्मदर प्रति एक हजार व्यक्तिमा ८.५२ जन्म थियो। एजेन्सी