१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

खेलकुदबाट देशलाई सबल बनाऔँ तर पहिला पूर्वाधार निर्माण गरौँः सांसदहरु

खेलकुदबाट देशलाई सबल बनाऔँ तर पहिला पूर्वाधार निर्माण गरौँः सांसदहरु
अ अ+ अ-

काठमाडौँ । खेलकुदलाई पर्यटन प्रवद्र्धन र अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

बुधवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले खेल क्षेत्रलाई पर्यटन प्रवद्र्धनसँग जोडेर अर्थतन्त्र उन्नयनका लागि जोड दिनुपर्ने सांसहरुले बताएका हुन् ।

उनीहरुले नेपाल खेलकुद क्षेत्रको हब बन्नसक्ने भएकाले सरकारले सोहीअनुसारका योजना र बजेट छुट्याउनुपर्ने आवश्यकता औंल्याए । समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले खेल क्षेत्रको विकासका लागि युवा तथा खेलकुद मन्त्रालयले तदारुकता देखाउनुपर्ने बताउनु भयो । उहाँले समस्या छन् भनेर बस्ने भन्दा पनि बजेट सुनिश्चिततासहितका समस्याहरु समधान गर्न पहल गर्नुपर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको खेलाडी जन्माए पनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन नसक्नु दुःखको विषय भएको बताउनु भयो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले नेपालमा खेलकुदका लागि विश्वमै चर्चित हुनुपर्ने ठाउँ र आधारहरु रहेको उल्लेख गर्नुभयो । उहाँले खेल क्षेत्रको भौतिक पूर्वाधारका लागि राज्य लाग्न नसकेको बताउनु भयो । उहाँले खेल क्षेत्रलाई उत्साहित बनाउनुपर्ने योजना सरकारले प्रभावशाली रुपमा ल्याउन नसकेको गुनासो गर्नुभयो ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले संसारमा सबैभन्दा लोकप्रिय खेल फुटबल र क्रिकेट रहेको र नेपालमा पनि सोहीअनुसार लोकप्रियता कमाएपनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला नहुनु दुःखको विषय भएको बताउनु भयो । उहाँले दर्शकहरु दिनप्रतिदिन बढिरहने र पूर्वाधारको अभाव हुने कारणले खेलकुदबाट आर्थिकोपार्जनमा समस्या भएको बताउनु भयो । क्रिकेटप्रतिको आकर्षणलाई सरकारले गम्भीर भएर ध्यान दिनुपर्ने बताउनु भयो ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले समग्र देशको अर्थतन्त्रको स्थिति नै अहिले विकास निर्माणको लागि बाधक बनिरहेको बताउनु भयो । उहाँले सार्वजनिक श्रण दायित्व २५ खर्ब १८ अर्ब हाराहारीमा रहेको उल्लेख गर्दै राजश्वले कर्मचारीलाई नियमित प्रशासनिक खर्च समेत धान्न नसकिरहेको अवस्था रहेको बताउनु भयो । उहाँले नेपाल खेलकुदमा सम्भावनाको क्षेत्र भएको बताउनु भयो । पर्याप्त र प्रशस्त पूर्वाधार अभावले सम्भावनाहरु प्रोत्साहन गर्न नसकिएको बताउनु भयो ।

सांसद सार्कीले खेलका धेरै विषयहरुलाई सम्बोधन गर्नसकिने बताउनु भयो । खेलबाट आर्जन गर्नुका साथै खेलबाट पर्यटन ल्याउनेतर्फ सरकार अग्रसर हुनुपर्ने बताउनु भयो । खेलकुदबाट राज्यलाई आर्थिक हिसावले सबल बनाउन सबैले पहल गर्नुपर्ने बताउनु भयो ।