१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह

कोभिडविरुद्धको बुस्टर खोप लगाउन सुरु (भिडियो सहित)

कोभिडविरुद्धको बुस्टर खोप लगाउन सुरु (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । 

सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो । काठमाडौंका विभिन्न स्थानमा भएका खोप केन्द्रहरुमा खोप लगाउनेको भीड रहेको छ । सञ्चालित खोप केन्द्रहरु मध्ये नर्भिक इन्टरनेशनल हस्पिटलमा पनि खोप लगाउनेहरुको भीडभाड रहेको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले सोमबारदेखि सुरु भएको बुस्टर खोप अग्रपंक्तिमा रहेर मुलुकको सेवा गर्नेहरुका लागि लगाइएको बताउनुभयो । खोप अभियान जारी रहने उहाँको भनाई छ ।

बुस्टर खोप लगाउनका लागि यसअघि खोप लगाइसकिएको खोप कार्ड अनिवार्य गरिएको छ । यो खोप सशष्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगंज, वीर अस्पताल, शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाईन्छ ।

त्यसैगरी छाउनी, बयोधा अस्पताल बल्खु, प्रसुती रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँ बानेश्वर, पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल सामाखुसी, काठमाडौं मोडल अस्पताल, एपेक्स पोलिक्लिनिक जुुडिबुटी, काठमाडौं मोडल अस्पताल, प्रर्दशनीमार्ग, जनमैंत्री अस्पताल बालाजु, शुभेच्छा अस्पताल थापाथली, नर्भिक अस्पताल थापाथली र नोबेल अस्पताल सिनामंगलबाट पनि सो खोपको मात्रा लगाउने व्यवस्था गरिएको छ ।