६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोर्खाको स्याम्चेतमा आगलागी, तीन घर नष्ट



फाइल फाेटाे
अ+ अ-

काठमाडौं । गोर्खा जिल्लाको आरुघाट गाउँपालिका–१ मान्वुस्थित स्याम्चेतमा आगलागी भएको छ । आगलागीमा परेर तीन वटा घर नष्ट भएका छन् ।

स्थानीय पूर्णबहादुर लामा, बुद्धिमान लामा र आइतसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

हिजो शनिबार साँझ ६ बजेको समयमा खाना बनाउन आगो बाल्दा नजिकै राखेको मकैको खोस्टाबाट आगो सल्किएर घटना भएको हो ।

आगलागीबाट लत्ताकपडा, अन्नपात जलेर नष्ट स्थानीयको भनाई छ ।